आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भुमाफियाको नाममा रहेको १ सय २२ बिगाह जमिन सरकारको नाममा फिर्ता

एपी खबर २०७७ मंसिर १५, सोमबार (३ साल अघि) ७८७ पाठक संख्या

रौतहट । लामो समय देखी भु माफियाले कब्जा गरेको १ सय २२ बिगाहा जमिन नेपाल सरकारको नाममा फिर्ता भएको छ । रौतहटको गुजरा नगरपालिका वाड नं. ९ साविक रंगपुर गाबिस ५ मा रहेको बन क्षेत्रको १ सय २२ बिगाहा जमिन नेपाल सरकारको नाममा आएको हो ।

 

गत कात्र्तिक २३ गते जिल्ला प्रशासन कार्यालय, नापी कार्यालय, मालपोत कार्यालय र डिभिजन वन कार्यालय रौतहटको संयुक्त बैठकको निर्णयको आधारमा गत कात्तिक २७ मालपोत कार्यालय चन्द्रपुरले सो जमिन नेपाल सरकारको नाममा ल्याएको थियो । सो जमिन दोलखा,रामेछाप,ओखलढुंगा लगायत बिभिन्न जिल्लाका २६ जना व्यक्तिहरुको नाममा दर्ता भएको थियो ।

 

रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र डिभिजन वन कार्यालय रौतहटका प्रमुख बिनोद कुमार सिंहको सकृयतामा भुमाफियाको नाममा रहेको जमिन श्रेस्ता बदर गरिएको थियो ।

 

बनक्षेत्रको जग्गाको श्रेस्ता बदर गरी एकसय २२ बिगाहा जग्गा नेपाल सरकारको नाममा फिर्ता ल्याएको डिभिजन वन कार्यालय रौहतट चन्द्रनिगाहपुरका प्रमुख बिनोद सिंहले जानकारी दिएका छन ।

 

गुजरा खोल्सीदेखि पूर्व आवादी गाउँदेखि पश्चिम, बागमती सिचाइको नहरदेखि दक्षिण, गुजरा खोल्सीदेखि उत्तरको वन क्षेत्रको सो जग्गा बर्षौ अघि भुमाफियाले आफनो नाममा दर्ता गरेका थिए ।

 

उक्त जमिन सर्लाही , ओखलढुंगा, काठमाडौं, रामेछाप, सिन्धुली, सोलुखुम्बु, सिन्धुपाल्चोक, रौतहट लगाएत जिल्लाका २६ जनाले २०७२ सालमा आफ्नो नाममा दर्ता गराएका थिए ।

 

बनक्षेत्रको जग्गा ब्यक्तीले आफ्नो नाममा दर्ता गराउन सफल भएपछि प्रकृया पुर्याएर दर्ता खारेज गरी नेपाल सरकारको नाममा ल्याएको डिभिजन वन प्रमुख सिहले बताए ।

 

कित्ता नम्वर १ देखी २६ सम्म व्यक्तिले दर्ता गरेको सो जग्गा डिभिजन बन कार्यालय रौतहटको फैसलाले २०७६ पुस ७ गते नै बदर गरेको थियो ।रौतहटमा २९ हजार चारसय हेक्टर बनक्षेत्र रहेकोमा बिभिन्न कालखण्डमा हालसम्म ३१ सय ९० हेक्टर बनक्षेत्र अतिक्रमण भईसकेको उनले बताए ।

 

मैढा,चोँचा,गैँडाटार,भोल्नटार,चेतनगर,बलेरी लगायत बनको चारैतर्फ बनक्षेत्र अतिक्रमण भएको छ । सबभन्दा बढी तत्कालिन माओबादी द्धन्दकालमा बनक्षेत्रको जग्गा अतिक्रमण भएको उनको भनाइ छ ।

 

सामुदायीक बन,साझेदारी बन,धार्मीक बन,स्थानिय प्रशासन,प्रहरी,बन उपभोक्ता,राजनितिकदल सबै मिलेर अतिक्रमणको चपेटामा परेको बनक्षेत्र खाली गराउने अभियान अन्तरगतनै एकसय २२ बिगहा जग्गा फिर्ता भएको उनले सिंहले बताए । यसै बिच सो क्षेत्रको रौतहटको सुरक्षा संयन्त्रले शनिबार स्थलगत अनुगमन समेत गरेको थियो ।

 

रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादबको नेतृत्वमा सो क्षेत्रको अनुगमन गरिएको थियो । यति ठुलो क्षेत्र भुमाफियाबाट फुत्काउनु भनेको ठुलो उपलब्धी भइएको प्रमुख जिल्ला अधिकारी इन्द्र देब यादबले बताए । अन्य ठाउको जमिनको पनि यसरी नै खोजी गरी सरकारको नाममा ल्याउने तर्फ आफु तयार रहेको सिडियो यादबले बताए ।

 

ब्यक्तीको नामबाट दर्ता खारेजगरी झण्डै पाँचबर्ष पछी सरकारको नाममा आएको उनले बताए । संयुक्त निरिक्षणटोलीमा सिडियो यादव,डिएफओ सिंहका साथै रौतहट प्रहरी प्रमुख एसपी सिद्धी बिक्रम शाह,अनुसंधानका एसपी मुकुन्द खडका,जिल्ला न्यायधिवक्ता शुभाष भटराई,गुजरा नगरप्रमुख सन्तलाल चौधरी,गुजराका प्रमुख प्रशासकिय अधिकृत नन्देश्वर चौधरी,वनका कर्मचारीहरु,सामुदायिक वनका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।साभार राजधानी दैनिक

प्रतिक्रिया दिनुहोस