आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बन्दै छ २२ तले धरहरा, यस्ता हुनेछन् सुविधा

एपी खबर २०७७ मंसिर १८, बिहिबार (३ साल अघि) ९३२ पाठक संख्या

कोरोना कहरमा कयौँ विकास निर्माणले विश्राम लिए । तर, धरहराले निरन्तर उचाई लिइरह्यो । निर्माणाधिन धरहराको टुप्पोसम्म आँखा पुर्‍याउन अब शीर मज्जैसँग उठाउनुपर्ने भएको छ ।

 

१२ वैशाख २०७२ को भुकम्पले भत्काएको ऐतिहासिक धरहराको ‘ठुटो निशानी’ नजिकै ठडिएको छ, नयाँ धरहरा । पुरानो धरहराको ठुटोलाई ‘भुइँचालो स्मारक’का रुपमा सिसाले छोपेर ‘जीवन्त’ राखिने छ । त्यसको १० मिटर दूरीमा उभिँदै गरेको नयाँ धरहरा बाहिरबाट हेर्दा पुरानै स्वरुपको देखिनेछ ।

 

१९ तलासम्मको ढलान सकिएको नयाँ धरहरा २२ तलाको बन्ने छ । शीरमा पुरानै धरहराको गजुर रहनेछ । धरहराभित्र एउटा भर्‍याङ र दुईवटा लिफ्ट राखिनेछ । लिफ्टबाट प्रतिसेकेन्ड एक मिटर गतिमा धरहरा चढ्न र ओर्लिन सकिनेछ ।

 

तीन अर्ब ४८ करोडको लागतमा बन्ने नयाँ धरहराले ४२ दशमलव २ रोपनी विशाल क्षेत्रलाई समेट्नेछ । धरहरामा दुईतला अन्डरवेसमेन्ट अत्याधुनिक पार्किङस्थल बन्नेछ । गोश्वारा हुलाक भवन रहेको ठाउँमा ‘ट्रिपल वेसमेन्ट’ पार्किङ रहनेछ । संग्रहालयसँगै मनोरम पार्क निर्माण हुनेछ । हरियाली पार्कभित्र ढुंगेधारा र चमेनागृह हुनेछन् । सो क्षेत्रमा मर्निङवाक र इभिनिङवाक गर्न मिल्नेछ ।

 

धरहरा छेवैमा म्यूजिकल फाउन्टेनका रुपमा पानी चल्नेछ । नेपाल चिनाउने बस्तुहरु बेच्ने पसल पनि राखिनेछन् । २२औं तलामा बालकोनी बन्नेछ, जहाँबाट उपत्यका नियाल्न सकिनेछ ।

 

दुई वर्षमा पुनर्निर्माण सक्ने सम्झौता गरी चीनको जिआइआइटिसी र नेपालको रमन कन्स्ट्रक्सनले २०७५ असोजमा संयुक्त रूपमा काम सुरु गरेका थिए । तर, समयमा काम नसकिएपछि  २०७८ असार १६ गतेसम्मका लागि म्याद थपिएको छ ।  नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस