आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

राजेश झालाई पदमुक्त गर्दै प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त

सुप्रिया ढकाल २०७८ भाद्र १, मंगलबार (२ साल अघि) २५७ पाठक संख्या

जनकपुर । प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त हुनु भएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले गरेको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ को प्रमुखमा नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मिश्रलाई आज नियुक्त गर्नु भएको हो ।

 

आज राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै प्रदेश २ को प्रमुखमा मिश्रलाई नियुक्त गरिएको जानकारी दिएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तका अनुसार संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख)बमोजिम प्रदेश नंबर २ को प्रदेश प्रमुखमा राजेश झालाई पदमुक्त गरिएको हो ।

महोत्तरीको पिपरा गाउँपालिका स्थायी घर भएका हरिशंकर मिश्र नेपाली कांग्रेसका प्रभावशाली नेता स्वर्गीय रामनारायण मिश्रका छोरा हुनुहुन्छ । मिश्र , २०४८ सालमा नेपाली कांग्रेसबाट सांसदमा समेत निर्वाचित हुनु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस