आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

राष्ट्रपतिद्धारा दल विभाजन सम्बन्धी अध्यादेश प्रमाणीकरण

एपी खबर २०७८ भाद्र २, बुधबार (२ साल अघि) ३२५ पाठक संख्या

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । उहाले सरकारको सिफारिसमा सो अध्यादेश जारी गर्नुभएको हो ।

केन्द्रीय सदस्य वा संसदीय दलमा २० प्रतिशत भए दल विभाजन गर्न सकिने प्रावधानसहित सरकारले अध्यादेश ल्याएको हो । राष्ट्रपतिका स्वकीय सचिव डा.भेषराज अधिकारीका अनुसार नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणीकरण गर्नुभएको हो । यसको प्रत्यक्ष फाइदा एमालेको माधव नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षलाई पुग्नेछ ।

नेकपा एमालेले दल विभाजन सम्बन्धी अध्यादेश जारी नगर्न सरकारलाई चेतावनी दिएको छ । साथै जनता समाजवादी पार्टी उपेन्द्र पक्ष र नेपाली कांग्रेसभित्रै दल विभाजन सम्बन्धी अध्यादेश गैरसंवैधानिक रुपमा ल्याइएको भन्दै देउवाको चर्को आलोचना भइरहेको छ ।

अध्यादेशलाई लिएर आलोचना भइरहेको छ । नेपाली कांग्रेस भित्रै पनि यसको विरोध भइरहेको छ । तर एमालेका नेता माधवकुमार नेपाल पक्षलाई दल विभाजनका लागि सहज हुने गरि अध्यादेश आएको हो ।

 

प्रतिक्रिया दिनुहोस