आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

३०७५ जना कोरोना संक्रमित थपिदा २१३६ कोरोना मुक्त, ३३ जनाको मृत्यु

एपी खबर २०७८ भाद्र ३, बिहिबार (२ साल अघि) २६८ पाठक संख्या

काठमाण्डौ । पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ११ हजार ९४६ पिसिआर परिक्षणका क्रममा २ हजार ३ सय २१ जना र ४ हजार ४ सय ९२ एन्टीजेन परिक्षणका क्रममा ७५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २० हजार ६०५ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ३३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार ४२९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै दुई हजार १ सय २६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ९१ हजार २ सय ९९ जना निको भएका छन् ।

हाल नेपालमा ४० हजार ५ सय सक्रिय संक्रमित आइशोलेशन र ३८५ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३८ लाख ३ हजार १५ वटा पिसिआर र ४ लाख १६ हजार ९८६ वटा एन्टीजेन परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस