आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बिरगञ्जमा क्यापिटल तथा शेयर मार्केट समिति गठन

एपी खबर २०७८ भाद्र १९, शनिबार (२ साल अघि) ४१४ पाठक संख्या

वीरगञ्ज । पर्साको बिरगञ्जमा वीरगञ्ज उद्योग वाणिज्य संघको क्यापिटल तथा शेयर मार्केट समिति गठन भएको छ । संघको आज आयोजित एक कार्यक्रमका बिच संघका कार्य समिति सदस्य मुरली जलानको संयोजकत्वमा समिति गठन भएको हो ।

 

गठित समितिमा ओमप्रकाश खनाल, कविता खड्का, जीतकुमार दाहाल, निरज अग्रवाले ज्योति रुंगटा, टंकराज आचार्य, दीपककुमार सिंह जयप्रकाश साह र मोहित गुप्ता सदस्य रहनुभएका छ । कार्यक्रमको अवसरमा संयोजक जलानले मोफसलमा शेयर बजारबारेमा चेतना र व्यवसाय विस्तारका लागि रचनात्मक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

 

संघका अध्यक्ष सुवोधकुमार गुप्ताले संघले शेयर बजारमा समस्याको समाधान र सम्भावनाको उपोयमा अग्रणी भूमिका निर्वाह गर्ने बताएउनुभयो ।

प्रतिक्रिया दिनुहोस