आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सरकारले प्रतिघर १० हजार रुपैया दशैखर्च दिने, काठमाण्डौका यी ठाउँमा खुवाईने सस्तो भात

एपी खबर २०७८ भाद्र २७, आईतबार (२ साल अघि) ४२९ पाठक संख्या

काठमाण्डौ । अति विपन्न गरीब परिवारले यस बर्षको दशैमा सरकारका तर्फबाट राहत पाउने भएका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले अति विपन्न गरीब परिवारलाई प्रति घरपरिवार १० हजार रुपैयाँका दरले राहत दिने घोषणा गरेको छ ।

 

असोज महिनाभित्रै देशभरिका ५ लाख घर परिवारलाई यो रकम उपलब्ध गराइने सरकारले घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार अध्यादेशबाट आएको बजेटलाई परिमार्जन गर्दै संसदमा प्रस्तुत गरेको प्रतिस्थापन विधेयकमा कोरोना महामारीबाट आयआर्जन गुमाएका अति विपन्न परिवारलाई असोजभित्रै १० हजार रुपैयाँका दरले राहत बाँड्ने घोषणा गरेको हो । संसदमा प्रतिपक्षी एमालेको चर्को विरोधको सामना गर्दै अर्थमन्त्री शर्माले १९ पृष्ठ लामो ७७ बुँदे प्रतिस्थापन विधेयक बाचन गर्नुभएको थियो ।

 

संसदमा मन्त्री शर्माले कोभिड १९ को प्रभावबाट रोजगारी र आय आर्जन गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रमा रहेका अति विपन्न गरीब ५ लाख परिवारलाई राहतस्वरुप एक पटकका लागि प्रतिघर परिवार रु १० हजारका दरले निश्चित मापदण्डका आधारमा नगद अनुदान प्रदान गर्ने प्रवन्ध गरेको जानकारी गराउनुभएको थियो । अनुदान रकम स्थानीय तहको समन्वयमा ति अती विपन्न परिवारलाई दशै अघि हस्तान्तरण गरिनेछ ।

यसैबीच, सरकारले काठमाडौं उपत्यकाको १० ठाउँमा सस्तोमा भात खान पाइने व्यवस्थासमेत गर्ने भएको छ । अर्थमन्त्रीद्वारा प्रस्तुत विधेयकमा भनिएको छ, ‘शहरी विपन्न नागरिकहरूका लागि सामाजिक संस्थाको सहकार्यमा काठमाडौं उपत्यकाको कम्तिमा १० स्थानमा सुपथ र सुलभ खानाको व्यवस्था गरिनेछ ।’

प्रतिक्रिया दिनुहोस