आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अस्पतालमा नक्कली बम राख्ने एक समुह पक्राउ

एपी खबर २०७८ भाद्र २७, आईतबार (२ साल अघि) ३०६ पाठक संख्या

काठमाडौँ– काठमाण्डौको नयाँ बानेश्वरस्थित मातृका आँखा अस्पतालमा नक्कली बम राख्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । त्यहाँ कार्यरत डाक्टरसँग अवैध असुली गर्ने नियतले तीनजनाले उक्त आँखा अस्पतालमा नक्कली बम राखेको बुझिएको छ ।

 

प्रहरीले उक्त घटनामा संलग्न भएको आरोपमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भई फुटुङ बस्ने २५ वर्षका आशीष कुँवर, २० वर्षका अभिषेक कुँवर र रोल्पाको परिवर्तन गाउँपालिकाका ४० वर्षीय अम्बरबहादुर रोका मगरलाई पक्राउ गरेको हो ।

 

महानगरीय प्रहरी परिसर काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा आइतबार आरोपीहरूलाई सार्वजनिक गरिएको हो । भदौ २५ मा आँखा अस्पतालमा उनीहरूले राखेको भनिएको ‘बम’ सेनाको टोलीले निष्क्रिय बनाएको थियो । प्रहरीले पक्राउ गरेको आशिष र अभिषेक सहोदर दाजुभाइ हुन् ।

 

१ महिनाअघि आशिष मातृका आँखा अस्पतालमा आँखाको उपचार गराउन गएका थिए । त्यहाँ आँखाको लेन्स फेरे, ८० हजार खर्च गरेर फर्किए । उक्त अस्पतालमा आँखा जाँच्न जाने क्रममा आशीषले घटनाको योजना बनाएका थिए । विदेश जाने तयारीमा रहेका दाजुभाई म्यानपावरको खर्च पु¥याउन अस्पताललाई धम्काएर फिरौती लिने योजनामा पुगेको उनिहरुले स्विकारेका छन् ।

 

आरोपीहरूले अस्पताल सञ्चालकसँग ३ करोड फिरौती मागेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) रमेश बस्नेतले जानकारी दिनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस