आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मानव अधिकारकर्मी कृष्ण पहाडीको स्वास्थ्यमा सुधार

एपी खबर २०७८ भाद्र २७, आईतबार (२ साल अघि) ३८० पाठक संख्या

मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी स्वास्थ्यमा क्रमिक सुधार आएको छ । बिभिन्न स्वास्थ्य समस्याबाट ग्रसित भएपछि एक सातादेखि पहाडी भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचारत हुनुहुन्छ ।

 

मानव अधिकार तथा शान्ति समाजका सभापति गोविन्द खनालले पहाडीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको जानकारी दिनुभयो । पहाडीको स्वास्थ्य पूर्णरुपले ठिक हुन अझै केहीदिन लाग्ने पनि उहाले जानकारी दिनुभयो ।

 

उहाको उपचार प्रभावकारी ढंगले भैरहेको र छिट्टै स्वास्थ्य समस्या समाधान भै फर्किने बुझिएको छ । पहाडीमा नाकको हड्डी तथा पेटमा अल्सरको समस्या देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस