आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाघको आक्रमणबाट एक भारतिय नागरिकको मृत्यु

एपी खबर २०७८ भाद्र २९, मंगलबार (२ साल अघि) ३५७ पाठक संख्या

बाघको आक्रमणबाट आज एक जना भारतिय नागरिकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–१ गाभरगाउँस्थित निकुञ्जभित्र पर्ने जङ्गल क्षेत्रमा बाघको आक्रमणमा परी ५५ वर्षीया पुरुषको घटनास्थलमै मृत्यु भएको हो ।

 

मृतक गाँभरगाउँको एक होटममा भाडा माझ्ने काम गर्दै आएको तर उनको नाम, थर पहिचान अझै हुन नसकेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहको भनाइ छ ।

 

उनको शवलाई बाँके राष्ट्रिय निकुञ्जमा ल्याएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले बताउनुभयो । घटनाबारे जानकारी पाउनाथ निकुञ्जका कर्मचारी, नेपाली सेना र प्रहरी घटनास्थालमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस