आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पूर्णमन्त्रिपरिषद बिस्तारको एजेण्डा लिएर माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

एपी खबर २०७८ भाद्र २९, मंगलबार (२ साल अघि) ३५४ पाठक संख्या

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले आज दिउसो ३ बजे स्थायी समिति बैठक बोलाएको छ । बैठक पार्टी मुख्यालय पेरिसडाँडामा बस्न लागेको हो ।

 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत बुधवार देखि निरन्तर संसद अवरोध गर्दै, सभामुख अग्नीप्रसाद सापकोटाको राजीनामा माग गर्दै आएको छ । यस विषयमा र मन्त्रिपरिषद विस्तारको विषयमा छलफल गर्न माओवादीले बैठक बोलाएको हो ।

 

साउन २९ गते सपत ग्रहण गर्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले २ महिना भन्दा धेरै समय बित्ता समेत पूर्णमन्त्रिपरिषद बिस्तार गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस