आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

काठमाण्डौबाट ४० किलो चाँदी बोकेर गौर आईपुगेका साह पक्राउ

एपी खबर २०७८ आश्विन ५, मंगलबार (२ साल अघि) ३१६ पाठक संख्या

रौतहट । रौतहटकोे सदरमुकाम गौरबाट प्रहरीले ४० किलो चाँदीसहित एक जनालाई पक्राउ गरेको छ ।

 

अस्थायी प्रहरी चौकी बसपार्कको प्रहरी सहायक निरीक्षक बडाबाबु प्रसाद यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले गौर बसपार्क क्षेत्रमा चेक जांच गर्ने क्रममा उक्त चाँदी सहित सर्लाहीको मलंगवा नगरपालिका वडा न २ को ३५ बर्षिय बिध्यानंद साहलाई पक्राउ गरेको हो ।

काठमाडौँ बाट गौर आएको ज्वाला डीलकश बस बाट बाहिर झर्दै गरेका साहलाई शंका लागेर चेक जांच गर्दा दुई वटा कालो झोलामा ल्याईएको बराबर २०÷२० किलो चाँदी सहित पक्राउ गरीएको हो ।

 

चाँदीका गहना र साहलाई थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय रौतहटमा राखिएको र आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाउने तयारी भईरहेको प्रहरी नायब उपरीक्षक नारायण प्रसाद चिमोरियाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस