आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आफ्नै पार्टीबाट जितेका मेयरलाई मुक्का हान्ने पंगेनी प्रहरी नियन्त्रणमा

एपी खबर २०७८ आश्विन ५, मंगलबार (२ साल अघि) ३६५ पाठक संख्या

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख (मेयर) शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक पक्राउ परेका छन् । सोमबार बिहान बुटवल उपमहानगरपालिका–३ स्थित ज्योतिनगरमा पहिरो निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि उनकै पार्टिका एक युवाले मुक्का प्रहार गरेका थिए ।

पहिरोले विस्थापित जनतालाई केहि सहारा नदिएको आक्रोसमा ति युवा गणेश पंगेनीले मेयरमाथी आक्रमण गरेका हुन् । पंगेनीलाई सोमबारै साँझ प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका पंगेनीमाथि दुर्व्यवहार वा शान्ति सुरक्षासम्बन्धी मुद्दामा कारबाही अघि बढाइएको छ । मेयरमाथि मुक्का प्रहार गरेको आरोपमा बुटवल उपमहानगरपालिका र एमाले बुटवल उपमहानगर कमिटीको पहलमा उनलाई पक्राउ गरी कारवाही अघि बढाइएको हो ।

 

हाल उनलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको बताइएको छ । पंगेनी एमाले निकट अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी सदस्य हुन् भने मेयर सुवेदी एमाले रूपन्देहीका अध्यक्ष समेत हुन् ।

 

प्रतिक्रिया दिनुहोस