आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

डिआइजीको नाममा रकम उठाउने एक महिला पक्राउ, प्रदेश २ प्रहरी कार्यालयको समेत ध्यानाकर्षण

एपी खबर २०७८ आश्विन ७, बिहिबार (२ साल अघि) ४०८ पाठक संख्या

रौतहट । प्रदेश–२ का डिआइजीको नाममा रकम उठाउने एक महिला पक्राउ परेकि छिन् । विद्यालयमा स्थायी जागिर लगाईदिने भन्दै रकम उठाउने सर्लाही हरिवन नगरपालिका–११ की शुसिला थापा दहाललाई इलाका प्रहरी कार्यालय गरुडाले पक्राउ गरेको हो ।

 

रौतहटको गरुडा नगरपालिकामा विर्तामा रहेको प्रहरी विद्यालयमा स्थायी जागिर लगाइदिने भन्दै २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उमेश रंजितकारको नाममा उनले पैसा उठाएको गरुडा प्रहरीका डिएसपी श्रीराम भण्डारीले जानकारी दिनुभयो । पक्राउ परेकी महिलाले प्रहरी विद्यालय गरुडामा शिक्षक पदमा स्थायी नियुक्ति गराइदिने भन्दै पर्सा मणिपुरका उदास कुमार पाण्डेसँग ६ लाख रुपैंया माग गरेको थिइन् ।

 

पाण्डेसँगको फोन संवादमा थापाले डिआइजी रंजितकारको नाममा सो रकम माग गरेको अडियो रेकर्ड बाहिरिएको थियो । प्रदेश प्रहरी प्रमुखले रकम मागेको भन्दै अडियो बाहिरिएपछि थापालाई बिहीबार प्रहरी विद्यालयमा बोलाइएको थियो। फोन रेकर्डमा सुनिएको आवाज आफ्नै भएको उनले स्वीकारेकी छिन ।

 

यता प्रदेश २ प्रहरी कार्यालयले समेत घटनाका विषयमा ध्यानाकर्षण भएको जनाएको छ । डिआइजीको नाममा घुस उठाएको बारेमा हिजो केही संचारमाध्यमले खबर सम्प्रेषण गरेकोमा त्यसमा कुनै सत्यता नभएको र पक्राउ परेकी महिलामाथि कसुर अनुसारको कानूनी कारवाही हुने प्रदेश–२ प्रहरी कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस