आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मुस्कान खातुनलाई एसिड प्रहार गर्ने युवक पुनः पक्राउ

एपी खबर २०७८ आश्विन १३, बुधबार (२ साल अघि) ३४९ पाठक संख्या

पर्सा । मुस्कान खातुनलाई एसिड प्रहार गर्ने युवकलाई बिरगञ्ज प्रहरीले पुनः पक्राउ गरेको छ । रौतहट साविक नरकटिया गा.वि.स–२, परिवर्तित परोहा गाउँपालिका–७ घर भई हाल बसाइँसराइ गरी वीरगञ्ज–२ छपकैया बस्ने १९ वर्षीय (तत्काल–१७ वर्ष) का समशाद मियाँलाई पक्राउ गरेको हो ।

उनले वि.स.२०७६ भदौ २० गते बिहान ०६.२० बजे वीरगञ्ज–४ गणेशमान चोकस्थित सार्वजनिक सडकमा १५ वर्षीया मुस्कान खातुनलाई एसीड प्रहार गरेका थिए ।

घटना लगतै पक्राउ परेका मियाँ विरूद्ध ज्यान मार्ने उद्योग तथा तेजाब प्रहार गरी अनुहार कुरुप पार्नेसम्बन्धी कसूरमा अनुसन्धान तथा अभियोजन भई पर्सा जिल्ला अदालतको आदेशले तत्काल पूर्पक्षको लागि बालसुधार गृह पठाइएको थियो ।

कोभिड–१९ को पहिलो लहरको प्रकोपका २०७६ चैत ११ गते अदालतकै आदेशानुसार चैत १२ गते निजको संरक्षकको जिम्मा लगाइएको थियो । चैत २६ गते अदालतले बाँकी कैद ५ महिना १६ दिन पूनः बालसुधार गृहमा राखी भुक्तान गर्ने गरी १ वर्ष कैद सजाय तोकेको थियो ।

तर फैसला कार्यान्वयन गर्ने सिलसिलामा उनी फरार भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस