आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आमाबुवा रातभर मोबाइलमा व्यस्त हुँदा छोरीको मृत्यु

एपी खबर २०७८ आश्विन १४, बिहिबार (२ साल अघि) ३८२ पाठक संख्या

स्कटल्यान्डको उत्तरी लनार्कसायर शहरमा भएको एक घटनामा आमाबुवा रातभर मोबाइलमा व्यस्त हुँदा छोरीको मृत्यु भएको छ ।

 

बच्चालाई छाडेर आमाबुवा मोबाइल खेलाउन थाल्दा ओछ्यानबाट खसेर छोरीको मृत्यु भयो । बिहान ढिलासम्म सुतेर ब्युँझेपछि हेर्दा छोरीको शव भूँइमा फेला परेको थियो । छोरी किरा कनरय १९ महिनाकी थिइन् ।

 

घटना सार्वजनिक भएपछि आमाबुवाविरुद्ध अदालतमा मुद्दा चलेको थियो मुद्दामा फैसला सुनाउँदै अदालतले २७ वर्षीय बुवा माइकल कनरयलाई दोषी ठहर गरेको छ । आमा २४ वर्षीय किस्ती बयलले आफू दोषी नभएको अनुरोध गरेपछि उनलाई रिहा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस