आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सर्वदलिय बैठकको निष्कर्शः एमाले वार्ताबाट भाग्न खोज्यो

एपी खबर २०७८ आश्विन १४, बिहिबार (२ साल अघि) ३१६ पाठक संख्या

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बसेको सर्वदलीय बैठकले प्रमुख प्रतिपक्षी दल एमाले संवाद र वार्ताबाट पर भाग्न खोजेको आरोप लगाएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठक पछि सरकारका प्रवक्ता एवं कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमाले संवाद र वार्ताबाट पर भाग्न खोजेको बताउनु भएको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्षसँग निरन्तर संवाद गरेर निकास खोज्ने बताउनुभयो ।

बैठकले संसद् सञ्चालन विषयमा जिम्मेवार ढङ्गले प्रस्तुत हुन एमालेलाई आग्रह पनि गरेको छ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने एमालेबाहेक दलका नेताहरू उपस्थित थिए । एमालेले आज बोलाइएको सर्वदलीय बैठक बहिष्कार गरेको थियो ।

आफूले कारबाही गरेका १४ जना सांसदहरुलाई पदबाट बर्खास्त गर्नुपर्ने माग गर्दै एमालेले गएको भदौ २३ गतेदेखि सङ्घीय संसद्का बैठकहरुमा निरन्तर अवरोध गर्दै आएको । यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक पनि एमालेले बहिस्कार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस