आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

२ बालकको प्रधानमन्त्रीलाई पत्र – ‘दाँत उम्रिएनन्, खान गाह्रो भयो, आवश्य कारवाही गरिदिनुस्’

एपी खबर २०७८ आश्विन १४, बिहिबार (२ साल अघि) ३७५ पाठक संख्या

काठमाडौं। २ जना बालकले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखेको पत्र अहिले सामाजिक संजालमा चर्चामा छ । पत्रमा यी दुई बालकहरुले आफ्नो दाँत नउम्रिएका कारण आफूहरुलाई मन पर्ने खानेकुरा खान समस्या भएको प्रधानमन्त्रीसमक्ष गुनासो गरेका छन् । भारतको असम राज्यका यी दुई बालकले यो पत्र आफ्नो प्रदेशका मुख्यमन्त्री हेमन्त विश्वा शर्मा र प्रधानमन्त्री नरेन्द्र मोदीलाई लेखेका हुन् ।

६ वर्षका रइसा राजवा अहमद र ५ वर्षका आर्यन अहमदले प्रधानमन्त्री मोदी र मुख्यमन्त्री शर्मालाई दुई अलग अलग पत्र पठाएका छन् । फेसबुकमा यी बालककले पत्रको एउटा पोस्ट भाइरल भइरहेको छ । यो पत्रलाई बालकका काका मुख्तार अहमदले फेसबुकमा शेयर गरेका हुन् । पत्रमा बालकहरुले मुख्यमन्त्री र प्रधानमन्त्रीलाई सम्बोधन गर्दै आवश्यक कारवाही गरिदिन भनेका छन् । पत्रमा उनीहरुले आफ्नो दाँत नआएका कारण मन पर्ने खानेकुरा चपाउन समस्या भएको गुनासो गरेका छन् ।

 

बालकहरुको पत्रको मुख्यमन्त्री हेमन्त विश्वा शर्माले जवाफ पनि दिएका छन् । मुख्यमन्त्री शर्माले यी बालकहरुको लागि असमको राजधानी गुवाहाटीमा राम्रो डेन्टिस्टको व्यवस्था गरिदिने र बालकहरुकै साथमा आफूले पनि उनीहरुको मन पर्ने खानेकुराको स्वाद लिने बताएका छन् । बालकहरुको पत्रसहितको पोस्ट २५ सेप्टेम्बरमा शेयर गरिएको थियो । बालकहरुको यो पत्रलाई सामाजिक संजालमा निकै रुचाइएको छ । पत्रमा बालकहरुले सानो चित्र पनि बनाएका छन्् ।

 

 

 

डिसी नेपालबाट साभार गरीएको ।

प्रतिक्रिया दिनुहोस