आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मुख्यमन्त्रि राउतले नैतिकताको आधारमा राजिनामा दिनुपर्छः प्रतिपक्षी, आक्रोशित राउतले यस्तो गरे

एपी खबर २०७८ आश्विन १४, बिहिबार (२ साल अघि) ३२२ पाठक संख्या

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासको टोलीले बुधबार दिउँसो प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेपछि प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने आवाज उठ्न थालेको छ । प्रतिपक्षी दलहरूले अख्तियारको छानबिनमा सहयोग गर्न मुख्यमन्त्री राउतले राजनीमा दिनुपर्ने माग राखेका हुन् ।

यो घटनाले प्रदेशका जनताको शिर निहुरिएकोले मुख्यमन्त्रीले नौतिकताको आधारमा राजनीमा दिनुपर्ने प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश सभा सदस्य परमेश्वर साहको भनाई छ । उहाले पटक–पटक ताकेताका बाबजुद फाइल नबुझाएपछि बुधबार अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मारेको बताउदै यसो गर्नु भ्रष्टचारीहरुका लागी सहि सबक भएको बताउनुभयो ।

प्रदेश सरकारले तीन वर्षको अवधिमा सरकारको सर्वोच्च निकाय भनिएको मुख्यमन्त्री कार्यालयमै भ्रष्टाचारको आरोप लगाउँदै छापा मार्नुले प्रदेशका जनताको शिर निहुरिएकोले र छानबीनमा अख्तियारलाई सहज बनाउन मुख्यमन्त्री लालबाबु राउतलाई नौतिकतामा आधारमा राजनीमा दिनुपर्ने माग गरे ।

उनले भने यदि मुख्यमन्त्री भ्रष्टाचार नगरेको भए छानबिनमा सहयोग गर्न बाटो खुल्ला गरिदिनु पर्ने बताए । राजीनामा नदिए मुख्यमन्त्री राउतले आफ्नो कर्तुत लुकाउन पदको आडमा अख्तियारलाई मिलाएर मुद्दालाई कमजोर बनाउन सक्ने प्रतिपक्षीको भनाइ छ ।

यसैबीच लोसपाको भातृ संगठन लोकतान्त्रिक समाजवादी विद्यार्थी संघ बाराले कलैयामा मुख्यमन्त्रीको राजनीमा माग्दै विरोध प्रदर्शन नै गरेको छ ।

अख्तियारको टोलीले प्रदेश २ सरकारले सञ्चालन गर्दै आएको ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियानअन्तर्गत साइकल किन्दा अनियमितता भएको उजुरी परेपछि छानबिन तथा अनुसन्धान गर्न मुख्यमन्त्री कार्यालयमा छापा मारी सम्बन्धित कागजात नियन्त्रणमा लिएको हो ।

प्रदेश सरकारले छोरीलाई विद्यालय पठाउन उत्प्रेरित गर्न ‘बेटी पढाऔं, बेटी बचाऔं’ कार्यक्रम ०७५ माघदेखि सञ्चालन गर्दै आएको छ । यस कार्यक्रमअन्तर्गत स्कुल जान प्रोत्साहन गर्न बालिकालाई साइकल वितरण गरिन्छ । साइकल खरिद र वितरणमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले त्यससम्बन्धी कागजात नियन्त्रणमा लिन छापा मारेको बताइएको छ ।

अख्तियारको टोलीले कार्यालयमा छापा मारिरहेका बेला मुख्यमन्त्री लालबाबु राउत जनता समाजवादी पार्टी ९जसपा० का केन्द्रीय सदस्यको बैठकमा सहभागी थिए। प्रदेश २ मा उपलब्ध केन्द्रीय सदस्यको बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव पनि सहभागी थिए।

अख्तियारले छापा मारेको जानकारी पाएपछि मुख्मन्त्री राउत रन्थनिँदै मधेस भवन ९मुख्यमन्त्रीको सरकारी निवास० पुगेका थिए। उनले तत्कालै आफ्नो सञ्चार सचिवालयलाई पत्रकार सम्मेलन गर्न अह्राए। सञ्चार सचिवालयका संयोजक आतिष मिश्रले सञ्चारकर्मीहरूलाई मधेस भवन आउन आग्रह गरे। सञ्चारकर्मी मधेस भवन पुग्दा मुख्यमन्त्री राउतको अनुहारमा आक्रोश झल्किरहेको थियो।

सञ्चारकर्मीसँग मुख्यमन्त्री राउतले भने, ‘अख्यिारले देखाएको लीला छापामार शैलीजस्तो भयो।’ यो शैलीबारे अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईलाई फोनमा जानकारी गराएको समेत उनले बताए। ‘खरिद वा अन्य कुनै फाइल सीधै माग गरेको भए भैहाल्थ्यो नि,’ मुख्यमन्त्री राउतले भने, ‘प्रदेश सरकार प्रमुखको कार्यालयमा यो शैलीको व्यवहार अशोभनीय हो।’ उनले प्रदेश सरकारको महत्वाकांक्षी योजना विफल पार्ने षड्यन्त्र भइरहेको दाबी गर्दै जुन दररेटमा प्रदेश सरकारले साइकल किनेको छ त्यो दररेटमा किनेर देखाइदिन चुनौतीसमेत दिए। उनले प्रदेश सरकार सुशासनप्रति प्रतिबद्ध रहेको बताउँदै भने, ‘अख्तियारको शैलीप्रति हाम्रो प्रश्न छ। तर अनुसन्धानका लागि अख्तियार स्वतन्त्र छ। त्यसमा हामी सहयोग गर्न तयार छौं।’

प्रदेश २ मा छोरीहरूको सुरक्षा, शिक्षा र सशक्तीकरणका लागि मुख्यमन्त्री कार्यालयअन्तर्गत ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियान २०७५ माघ १ गतेदेखि सञ्चालनमा ल्याइएको छ। यो अभियानअन्तर्गत सामुदायिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्रालाई प्रक्रिया पु¥याएर साइकल वितरण गरिन्छ।

पहिलो चरणमा खरिद गरिएका १७ हजार थान साइकल वितरण भइसकेको छ। दोस्रो चरणमा किनिएका साइकल गोदाममै छन्। मुख्यमन्त्री कार्यालयका अनुसार सप्तरीका ३३ विद्यालयमा १ हजार ४, सिरहाका ४० विद्यालयमा १ हजार ५५१, धनुषाका ६९ विद्यालयमा २ हजार ९६५, महोत्तरीका ५६ विद्यालयमा २ हजार १९१, सर्लाहीका ५२ विद्यालयमा २ हजार ३६६, रौतहटका ६९ विद्यालयमा २ हजार ८७४, बाराका ५५ विद्यालयमा १ हजार ६९९ र पर्सामा २ हजार ३ सय वटा साइकल उपलब्ध गराइएको छ।

मुख्यमन्त्री कार्यालयले अहिलेसम्म चार चरणमा गरी ४१ हजार २६२ वटा साइकल खरिदमा करिब २९ करोड रुपैयाँ खर्च गरेको छ । जसमध्ये २०७७ चैतमा ११ करोड १० लाख २९ हजार १८४ रुपैयाँमा खरिद गरिएका १७ हजार २ सय ६२ वटा साइकलमा उत्पादक कम्पनीको नाम, मोडल र ब्रान्ड उल्लेख छैन। प्रतिसाइकल भ्याटसहित ६ हजार चार सय ३२ रुपैयाँका दरले वीरगन्जको ओम सत्यसाई प्रालिले आपूर्ति गरेको जनाइएको छ।

 

प्रतिक्रिया दिनुहोस