आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सुनको भाउ ह्वात्तै बढ्यो

एपी खबर २०७८ आश्विन १५, शुक्रबार (२ साल अघि) ३९३ पाठक संख्या

केहिदिनदेखी लगातार घटिरहेको सुनको भाउ आज एकैदिन ह्वात्तै बढेको छ । हप्ताको अन्तिम दिन आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढेको हो ।

सुन आज तोलाको ८९ हजार ६ सय रुपैयाँ पुगेको छ । अस्ति भन्दा हिजो तोलामा २ सय रुपैयाँ घटेर हिजो सुनको भाउ तोलामा ८८ हजार ७ सय रुपैयाँ तोकिएको थियो ।

चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर आज तोलाको ११ सय ४० रुपैयाँ निर्धारण गरिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस