आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

शंकास्पद मृत्यु् लुकाउन गाडिदै गरेको शव सहित ९ जना प्रहरी नियन्त्रणमा

सुप्रिया ढकाल २०७८ आश्विन २२, शुक्रबार (२ साल अघि) ३५८ पाठक संख्या

पर्सा । शंकास्पद मृत्यु भएकि एक युवतीको अन्तिम संस्कार गर्न लागेका आफन्त सहित प्रहरीले शवलाई नियन्त्रणमा लिएको छ । पर्साको वीरगञ्ज मुर्लीस्थित कब्रस्तान (मुस्लिमको शम्शानघाट) मा गाड्न लागेकै अवस्थामा उक्त बालिकाको शव प्रहरीले नियन्त्रणमा लिएको हो ।

भारतको बिहार पश्चिमी चम्पारण जिल्लाको इनर्वा खमीया गाँउकी १८ वर्षिया जयुनत खातुनको शंकास्पद मृत्यु भएपछि प्रहरीलाई जानकारी नदिईकनै आफन्तले गाड्न लागेको शव प्रहरीले बिषेश सुचनाको आधारमा नियन्त्रणमा लिएको हो । शव पोष्टमार्टमका लागी नारायणी अस्पताल वीरगञ्ज पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 

मृत्युको कारण लुकाउन हतार गरेर शव इदगाहमा लगेर गाड्ने कार्यमा संलग्न युवतीका आमावुवा र पर्साको जगरनाथपुर गाँउपालिकाका अध्यक्ष जालीम मियाका नाती सहित ९ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

भिनाजुले जबरजस्ती करणी गरी उनको मृत्यु भएको र परिवारले घटना लुकाउने प्रयास स्वरुप हतार हतार शव गाड्न खोजेको सुचनाको आधारमा प्रहरीले शव सहित उनिहरुलाई नियन्त्रणमा लिएको हो । पोष्टमार्टम रिपोर्ट आएपछि घटनाबारे बिस्तृत जानकारी हुने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

मृतक युवतीको घांटिमा निलडाम देखीएपनि उनको मृत्युको कारण यकिन छैन । यद्धपी उनी पछिल्लो समय आफ्नो दिदि भिनाजुसंग बस्दै आएको र उनको जबरजस्ती करणी पश्चात अत्याधिक रक्तश्राव भई मृत्यु भएको सुचना प्रहरीसंग छ । मृतक खातुन जगरनाथपुर गाँउपालिकाका अध्यक्ष जालीमका कान्छा छोरा जाकीर मिया धुनियाकी आफ्नै साली हुन् ।

प्रतिक्रिया दिनुहोस