आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अब्याहरिक करको बिरुधमा जीतपुरका ब्यवसायीद्धारा शान्तिपूर्ण बिरोध प्रदर्शन

प्रिती कुमारी, जीतपुर २०७९ श्रावण २६, बिहिबार (१ साल अघि) ३८७ पाठक संख्या

जीतपुरसिमरा उपमहानगरपालिकाले बढाएको अब्यवहारिक कर खारिजको माग गर्दै जीतपुरका ब्यवसायीले जीतपुरमा शान्तिपूण बिरोध प्रदर्शन गरेका छन् । चुनावको समयमा मेयर राजन पौडेलले घोषणा गरेको प्रतिबद्धता अनुसार सबै करलाई खारिज गर्ने भनेपनि हाल सम्म त्यो लागु नगरेको भन्दै यहाँका ब्यवसायीहरुले जीतपुर बजारमा बिरोध प्रदर्शन गरेका छन् ।
जीतपुरको माछा बजारबाट शुरु भएको शान्तिपूण बिरोध ¥याली जीतपुर बजारको परिक्रमा गर्दै जिरो किलोमिटर एमाले चोकमा आएर कोण सभामा परिणत भएको थियो ।

 

कोण सभालाई सम्बोधन गर्दै वडा सदस्य नुरुल्लाह अंसारीले मेयर राजन पौडेलसंग कर खारेजी र ब्यवहारिक कर लागु गर्न पटक पटक छलफल भएपनि मेयर नयाँ करलाई लागु हुन नदिएको जानकारी दिनुभएको थियो । उहाँले ब्यवसायीलाई धरापमा पार्ने काम मेयरले गरेको भन्दै जती सक्दो चाडौँ ब्यवसायीलाई सहज हुने कर प्रणली लागु गर्न अनुरोध गर्नुभयो ।

 

यसैगरी बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ताले नगर कार्यपालिकाले सबै करलाई ब्यवहारिक गर्ने गरी लागु गर्न निर्णय गरेपनि त्यो अनुसार मेयरले लागु हुन नदिएको जानकारी गराउनुभयो ।

 

उहाँले नगरपालिकाले लागु गरेको १००० प्रतिशत सम्पती करलाई कम गर्ने, सटर भाडा कम गर्ने जस्ता निर्णय गरपनि मेयरको निर्देशनले लागु हुन नसकेको प्रति बिरोध जनाउनुभएको थियो ।

 

माओबादि र नेपाली कांग्रेसको संयुक्त गठबन्धनबाट मेयर राजन पौडेलले निर्वाचनको समयमा १००० प्रतिशत सम्पती करलाई खारेज गर्ने र सटर भाडा कम गर्ने जस्ता प्रतिबद्धता गरेपनि त्यस अनुसार लागु गर्न गराउन असमर्थ देखिएका छन् ।

 

जीतपुरका ब्यवसायीहरुको अगुवाईमा निकालिएको शान्तिपूण बिरोध ¥यालीमा १००० प्रतिशत सम्पती करलाई खारेज गर र अबैज्ञानिक सटर भाडा खारेज गर र गुद्रि बजार करमा भएको बृद्धि खारिज गर भन्ने नारा साथ बजार परिक्रमा गरीएको थियो ।
कर समायोजन नभए थप कडा आन्दोलन गर्न जीतपुरका ब्यवसायीहरु बाध्य हुने जीतपुरका ब्यवसायीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस