आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

निर्वाचनको घोषणा पत्रमा लेखिएको सबै कुरा लागु गर्न नसक्ने : नगर प्रमुख राजन पौडेल

प्रिती कुमारी, जीतपुर २०७९ भाद्र १, बुधबार (१ साल अघि) ७६२ पाठक संख्या

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले निर्वाचनको समयमा गरिएको घोषणा पत्रमा लेखिएको सबै कुरा लागु गर्न नसक्ने बताउनुभएको छ । एपी खबरले सम्पती करको बारेमा जानकारी लिन गरेको फोन सम्पर्कमा उहाँले सबैकुरा घोषणा पत्रमा लेखिएको जस्तो नहुने बताउनुभएको हो ।

 

पुरानो सम्पती कर र वर्तमान सम्पती करको दरलाई हर्दा १५ करोड सम्म पुरानै र १५ करोड १ देखि २० करोड सम्पती हुनेलाई थप भार हुनेगरी करको दर कायम गरीएको छ । यस भन्दा पहिला १० करोड सम्म सम्पती हुनेले ३५ प्रतिशत र १५ करोड १ देखि २० करोड सम्मलाई ४० प्रतिशत सम्पती करको दर कायम गरीएको थियो ।

 

माओबादि र नेपाली कांग्रेसको संयुक्त गठबन्धनबाट मेयर राजन पौडेलले निर्वाचनको समयमा १००० प्रतिशत सम्पती करलाई खारेज गर्ने र सटर भाडा कम गर्ने जस्ता प्रतिबद्धता गरेपनि त्यस अनुसार लागु गर्न गराउन असमर्थ देखिएका छन् ।

 

आर्थिक वर्ष २०७८÷७९ मा ५ करोड १ देखि १० करोडसम्म ०.३.५ प्रतिशत, १० करोडदेखि २० करोडसम्म ०.४० प्रतिशत, २० करोडदेखि ५० करोडसम्म ०.४५ प्रतिशत करको दर रहेको थियो ।

 

यता नेपाली कांग्रेस र माओवादिको संयुक्त गठबन्धनबाट जीतेर आउनुभएका राजन पौडेलले ५ करोड १ देखि ७.५ करोडसम्म ०.२.५ प्रतिशत, ७.५ करोड १ देखि १० करोडसम्म ०.३० प्रतिशत, १० करोड १ देखि १२.५ करोडसम्म ०.३२ प्रतिशत, १२.५ करोड १ देखि १५ करोडसम्म ०.३५ प्रतिशत, र १५ करोड १ देखि भन्दा माथि ०.४० प्रतिशत करको दर कायम गरीएको छ । जुन घुमाउरो तरीकाले पहिलै कै करको दर रहेको राजश्व बिदहरुको भनाई रहेको छ ।

 

यसै सम्दर्भमा जीतपुरसिमराका मेयर पौडेलसंग गरीएको कुराकानिमा उहाँले करको दर कम गरेको बताउनुभएको छ । उहाँले पहिलेको तुलनामा हाल दर कम भएको बताउदै चुनावमा गरीएको सबै कुरा लागु गर्न नसकिने बताउनुभएको छ । उहाँले ऐनकानुन अनुसार अगाडी बढ्नुपर्ने भएकोले नगरसभाबाट पास भै आएको दरलाई नै आधिकारीता दिएको बताउनुभयो ।

 

एक फरक प्रसंगमा सम्पती करको बारेमा कार्यपालिकाले गरेको निर्णय अनुसार कायम नभएको भन्ने बारेमा उहाँले कार्यपालिकाको कुरा आफुलाई जानकारी नभएको बताउदै हाल भएकै करको दर फाईनल भएको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस