आज:  २०८१ बैशाख १९, बुधबार | Wed, 01, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपा एमालेको कोसी प्रदेशको पहिलो अधिवेशनको तयारी पूरा

एपी खबर २०८० आश्विन ११, बिहिबार (७ महिना अघि) १०५ पाठक संख्या

मोरङ – कोसी प्रदेशको नेकपा एमालेको पहिलो अधिवेशनको तयारी पूरा भएको छ। विराटनगरमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै अधिवेशन आयोजक मूल समारोह समितिले मनोनयनबाहेकका सबै जिल्लाबाट प्रतिनिधि छनोट कार्य सकिएको जनाएको छ। पत्रकार सम्मेलनमा प्रदेश कमिटीका अध्यक्ष तथा पूर्व प्रदेशसभा सदस्य तुलसीप्रसाद न्यौपानेले शुक्रबार हुने कार्यक्रमको तयारी पूरा भएको र दुई दिनसम्म चल्ने अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने तय भएको जानकारी दिए।

 

 

अधिवेशनमा पार्टीका स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य तथा केन्द्रीय नेताहरुको समेत सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। प्रदेश कमिटी अध्यक्ष न्यौपानेका अनुसार प्रदेशका १३७ स्थानीय तह, २३ जनवर्गीय संगठनसमेत गरी एक हजार ४७ प्रतिनिधिको सहभागिता रहनेछ। पत्रकार सम्मेलनमा पाँच पदाधिकारीसहित २ सय १५ सदस्यीय कमिटी हुने बताइएको छ। पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य भीम आचार्य, शेरधन राई, अग्नि खरेल, राजेन्द्र गौतम, शिवमाया तुम्बाहाम्फेलगायत सहभागी थिए।

प्रतिक्रिया दिनुहोस