आज:  २०८१ बैशाख १९, बुधबार | Wed, 01, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कवाडी गोदाममा आगलागी हुँदा तीनजनाको मृत्यु

एपी खबर २०८० मंसिर २१, बिहिबार (४ महिना अघि) ५६ पाठक संख्या

विराटनगर । विराटनगर महानगरपालिकाको वडा नं ७ सातघुम्ती स्थित कवाडी गोदाममा भएको आगलागीका घाइते सुनिता कामतको मृत्यु भएको छ । नेपाली सेनाको स्काई ट्रकबाट कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएकी सुनिता कामतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन दाहालले जानकारी दिए । यससँगै आगलागीमा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

 

आगलागीबाट कवाडी संचालक दीपक मण्डल र सुशिला पासमानको मृत्यु भएको थियो । घाइते मध्ये रिता सरदारको स्थिति चिन्ताजनक रहेको र अन्य घाइतेहरु विराटनगर महानगरपालिका वडा नं ६ का किशोर पासमान र कटहरीकी पिंकी कामतको स्थिति सामान्य रहेको मोरङ प्रहरीले जनाएको छ । परफ्युमको बट्टा फुटाल्ने क्रममा कवाडीमा आगलागी भएको कवाडीमा काम गरिरहेका कामदार किशोर पासमानले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस