आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मुख्यमन्त्री बनेको चार महिनापछि कार्कीले दोस्रो पटक गरे सरकार विस्तार

एपी खबर २०८० माघ २६, शुक्रबार (२ महिना अघि) १६७ पाठक संख्या

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले चार मन्त्री र दुई राज्यमन्त्री थप्दै सरकार विस्तार गरेका छन् । मुख्यमन्त्री बनेको चार महिनापछि कार्कीले दोस्रो पटक सरकार विस्तार गरेका हुन् । कोशीमा नेपाली कांग्रेसबाट मन्त्री बनेका प्रदिपकुमार सुनुवारलाई स्वास्थ्य र रामकुमार खत्रीलाई उद्योग कृषि तथा सहकारी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

 

माओवादी केन्द्रबाट मन्त्री बनेका राजेन्द्र कार्कीलाई सामाजिक विकास र नारायण मगरलाई खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ । आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा सुनिता कुमारी गुरूङ नियुक्त भएका छन् । उनीहरु दुवै कांग्रेसका हुन् । ६ जना थपिएपछि कोशीको मन्त्रीपरिषद् १० सदस्यीय भएको छ ।

प्रतिक्रिया दिनुहोस