आज:  २०८१ बैशाख १९, बुधबार | Wed, 01, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

इटहरीमा जङगली हात्तीले कुल्चेर एक युवकको मृत्यु

एपी खबर २०८० मंसिर १४, बिहिबार (५ महिना अघि) ६० पाठक संख्या

विराटनगर । इटहरीमा जङगली हात्तीले कुल्चेर एक युवकको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका २ स्थित बुढासुब्बा चोकका रविन खडकाको मृत्यु भएको हो । उनलाई बुधवार राति करिब साढे ९ बजेतिर बुढासुब्बा चोक क्षेत्रमै जंगली हात्तीले आक्रमण गरेको थियो ।

 

हात्ती धपाउन ठूलो भीड जम्मा भएका स्थानीयले हात्ती धपाउने क्रममा खड्कामाथि हात्तीले कुल्चेको कुल्चेको प्रत्यक्षदर्शीले बताएका छन् ।स्थानीय रोशन अधिकारीका अनुसार दैनिक २६ वटाको संख्यामा हात्ती आउने गरेको छ ।‘साँझ साढे ५ बजेदेखि नै हात्तीको समूह आउँछ ।

 

सुरक्षाकर्मी र प्रशासनको साथ आवश्यक छ,’ उनले भने, ‘विज्ञको सल्लाहअनुसार हात्ती खेदाउन प्रशासनले सहज बनाइदिनुपर्‍यो । यो जाडो मौसममा त रातभरि बस्दा दाउराको जोहो गर्न पनि समस्या छ ।’ आफूहरूले हरेक वर्ष हात्ती धपाउन रातभर जाग्राम बस्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस