आज:  २०८१ बैशाख १९, बुधबार | Wed, 01, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मोरङ बाट कटुवा पेस्तोलसहित ३ जना पक्राउ

एपी खबर २०८० कार्तिक ४, शनिबार (६ महिना अघि) ८३ पाठक संख्या

मोरङ : मोरङ बाट कटुवा पेस्तोलसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। मोरङ्गको धनपालथान गाउँपालिका-२ स्थितबाट तिनै जनालाई पक्राउ गरिएको छ ।पक्राउ पर्नेमा गाडी चालक सर्लाही हरीपुर्वा-७ का २७ वर्षीय रवीन्द्रकुमार यादव र गाडीमा सवार रहेका सर्लाही हरीपुर्वा-७ का २० वर्षीय कमलेशकुमार यादव र महोत्तरी गौशाला-६ का २२ वर्षीय राम दयाल यादव रहेको प्रहरीले जनाएको छ ।

 

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व सुरक्षा विशेष कार्ययोजनाअनुसार प्रहरी चौकी अमाहीबरियातीबाट हिजो राति साढे ९ बजे गस्तीमा खटिएको गस्ती टोलीले धनपालथान-२ स्थित भित्री सडक खण्डमा सडक छेउमा रोकिराखेको बिआर ०६ पिए १३६२ नम्बरको स्करपियो चेकजाँच गर्दा उक्त गाडीको ड्यासबोर्ड भित्र लुकाई राखेको कटुवा पेस्टोल १ थान र ३ राउण्ड गोलीसमेत फेला पारेको हो । पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस