आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कोशी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिए

एपी खबर २०८० कार्तिक १८, शनिबार (५ महिना अघि) ६७ पाठक संख्या

काठमाडौं- कोशी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। शनिबार बिहान एमालेबाट मन्त्री भएका रामबहादुर रानामगरले राजीनामा दिएका हुन्। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शुक्रबार मात्रै माओवादी केन्द्रका गणेश उप्रेती र एकीकृत समाजवादीका कमलप्रसाद जगेबुलाई मन्त्री नियुक्त गरेका थिए। त्यसप्रति असन्तुष्टि जनाउँदै एमाले सरकारबाट बाहिरिएको हो।

 

कार्की एमालेको सहयोगमा मुख्यमन्त्री नियुक्त भएका थिए। एमालेले कांग्रेस र एमालेको मात्रै संलग्नता रहेको सरकार गठनको लागि मुख्यमन्त्रीलाई दबाब दिएको थियो। तर मुख्यमन्त्रीले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई पनि सरकारमा भित्र्याएपछि एमाले बाहिरिएको हो। मुख्यमन्त्री कार्कीले विश्वासको मत लिइसकेका छन्।

प्रतिक्रिया दिनुहोस