आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपा एमालेले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता नलिने

एपी खबर २०८० कार्तिक २०, सोमबार (५ महिना अघि) १२६ पाठक संख्या

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता नलिने र विश्वासको मत कायमै राख्ने निर्णय गरेको छ । एमाले कोशी प्रदेश संसदीय दलको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

यस्तै एमालेले बजेट अध्यादेश स्वीकृत गर्न सहयोग गर्ने, कर्णालीका भुकम्प पीडितलाई पारिश्रमिकमा कट्टा हुने गरि राहत सहयोग गर्नेलगायतको निर्णय गरेको छ । कोशीमा एमालेको समर्थनमा काङ्ग्रेसबाट विद्रोह गरेका कार्की संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए।

 

प्रतिक्रिया दिनुहोस