आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ओलिले राजीनामा दिई युवा पुस्तालाई सता हस्तान्तरण गर्न मेरो सुझाव : गुप्ता

AuthorAP Khabar२०७७ श्रावण ३, शनिबार (३ साल अघि) १०४८ पाठक संख्या

श्रावण ०३ रौतहट ।कोभिड १९ करोना भाईरसको कारण अन्तर्राष्ट्रिय जगत नै समाना गरि रहेकोे छ । अहिलेको राजनीति तंरग परस्थिती बलिया समयलाई षड्यन्त्र पुर्ण बनाई युवा पुस्तालाई वेवस्था गर्नु देशको लागि दुरुभाग्य नै हुनेछन ।

नेकपा (कम्युनिष्ट पार्टी)लाई नेपाली जनताले सरकार चलाउन दुई तिहाई बहुमत सहितको जनप्रतिनिधिहरु निर्वाचित गराई देश चलाउने जिम्मा दिएको प्रष्ट नै छ र यसमा कुनै दुविधा छैन ।

कम्युनिष्ट सरकारका प्रधानमन्त्री खडक प्रसाद ओलीले सरकारले हाल नेतुत्व गरि रहेकोे अवस्था छ । अन्तर्राष्ट्रिय स्तरको सहयोग प्राप्त र विभिन्न राष्ट्रहरु संग रहेकोे कुटनैतिक सम्बन्ध सदियो देखि बलियो थियो तर अहिलेको सरकारको रबैईया बाट अन्तर्राष्ट्रिय जगत नै रुष्ट देखिन्छ पहिला जति हाम्रो मित्र राष्ट्रहरु बिचको सम्बन्ध मधुरो भैई सकेको छ सकारात्मक र मित्रता सम्बन्ध पहिला जतिको अवस्था रहेन ।

अन्तर्राष्ट्रिय मुलुकमा विकसित राष्ट्रहरुमा युवा पुस्ताले देशलाई समृद्ध बनाउन र जनताको सुख शान्तिको लागि परिवर्तन ल्याउन युवा पुस्ताले कमर कसैएर सता शासन बाग डोर समाली देश चलाएको अवस्था समेत छ ।

अमेरिका जस्ता विकसित राष्ट्रलाई विकासको काम टक्कर दिएको अवस्था छ । हाम्रो देशको प्रधानमन्त्री केपि ओलि गफ दिनमा कमेडी गर्नमा नै टक्कर दिदै छ ।

नेपालमा कयौं यस्ता कामहरू छन जो देशलाई बलियो बनाउन सकिन्छ । यहाँ त आफ्नो व्यक्ति शान स्वार्थको लागि कुर्सी सता दिकाउन विभिन्न किसिमका नाटक मथन गरि रहेकोे हुन्छन् र २१ओ शताब्दीमा युवा पुस्तालाई वेवस्ता गर्दै छ ।

हाम्रो देश नेपालमा विकास गर्ने हो भने र परनिर्भरता हटाई देशलाई आत्मनिर्भर बनाउने हो भने कठोर राजनैतिक निर्णय लिनुपर्ने नेकपाले नयाँ जोश र विकासशिल सिद्धान्तका विकासको लागि क्रान्ति ल्याउने युवा पुस्तालाई सताको नेतुत्व हस्तान्तरण गर्नु पर्छ ।

अहिलेको सरकारले गरि रहेकोे व्यापक भ्रष्टाचारका र विवादित विधेयक र अधिनायकवादी निरकुशता कारण सर्वत्र जनमानस सरकारको विरोध आलोचना व्यापक रुपमा भैई रहेको छ ।

जनताले दिएको दुई तिहाई बहुमतको सरकार आज भोलि गफै दिन र जुटकिला मै समय खेर गरि कुर्सी टिकाउने कार्यमा ध्यान केन्द्रीत भएको देखिन्छ ।
हाम्रो मुलुकको स्वाधीनता र सार्बभौमसत्ता रक्षा गर्न जिम्मेवारी युवा पुस्तालाई दिई अहिलेको उर्जामय समयलाई सदुपयोग गर्नु पर्छ ।

ओलीले गरि रहेकोे सरकारको नेतुत्वबाट गरिएको समृद्धिको आशा बाट सबै जनता निराशा भैई सकेको छ ।

युवा पुस्ताले हिम्मत र दृढ संकल्प साथ नयाँ जोशले पक्कै विकासको लहर लिएर आउनेछन र सबै जनतालाई सर्वमान्य हुने जस्ता ठोस निर्णयहरु युवा पुस्ता ले नै गर्नेछन ।

कुनै पनि बिषयमा देशको हितमा निर्णय लिँदा आफ्नो बौद्धिकता, चातुर्याई, कुटनीति, राजनीति एवं विवेकको प्रयोग गर्न क्षमता युवा पुस्ता मै मात्रै हुन्छन् ।

युवा पुस्ताले आफुले गर्न खोजेको निर्णयको प्रभाव कहाँ, कसरी, कसलाई र कति हुन्छ सबै बुझेको हुन्छन् ।

साथै यसको तत्काल र दुरगामी प्रभावले स्वागतयोग्य विचार र निर्णयहरुका परिणामको मुल्यांकन सहित कदमहरु सारा युवा एकताले कार्यवन्यन गरि रहनेछन् ।

त्यसकारण सबैभन्दा सरल एवं सर्वमान्य विधि भनेकै अहिले प्रधानमन्त्री केपि ओलिले राजिनामा दिनु पर्छ र शारीरिक रूपमा रोग ग्रसित नेतुत्वकर्ताले देश चलाउनु उपयुक्त देखिदैन र अहिले शरिरिलाई आरामको आवश्यकता नै हो । अहिले लोकतान्त्रलाई कमजोर बनाउन अरुको ईसारामा देशलाई असफल बनाउन तिर लाग्नु एकदनै सकारात्मक शैईली पनि राम्रो होइन । नेपाललाई बलियो अटल विकसित राष्ट्र बनाउन आफ्नो विभिन्न प्रविधिको माध्यम बाट देशलाई खुट्टा उभिएर देखानु पर्छ । हालको नेपाली राजनीतिमा जवर्तस्ती सता कब्जा गरेर देखाउनु बहादुर हुँदैन ।

ओलिको विकल्प खोजी नेकपाले नयाँ प्रधानमन्त्री र मन्त्रिपरिषद्को गठन गर्नु पर्छ ।

विद्यमान मन्त्रीपरिषद्का सम्बन्धित मन्त्रालय विषयमा अध्ययन गरेका मन्त्रीहरुलाई जिम्मेवारी दिनुपर्ने पर्छ ।

सार्वजनिक लक्ष्य अनुसार नेपाली जनताको भावना विपरीत अहिलेको सरकारले जथाभावी रिक्त पदमा राजनीति नियुक्ति गैर जिम्मेवार तरिकाले नातावाद र चाकरीको अधारमा गरेको छ ।

मन्त्रालयहरुमा लक्ष्य प्राप्त गर्ने हो, सो योजना जनताको भावना अनुसार काम गर्न छिटो , छरितो, कर्मठ र योग्य ब्यक्तिहरुको पदवहालि हुनुपर्छ किन भने सरकारको नेतुत्व गर्न जनप्रतिनिधिहरु सबैको साझा व्यक्ति हुन्छन् तर यहाँ अहिले सरकार अन्तर्राष्ट्रिय मुलुकका केही व्यक्तिहरुको ईसारामा चली रहेकोे देखिन्छ ।

प्रधानमन्त्रीले राजिनामा दिई युवा पुस्तालाई साता हस्तान्तरण गर्न गराउन कांग्रेस रौतहट युवा नेता नितिश कुमार गुप्ता बिच भएको कुराकानीमा आफ्नो सुझाव सहित भनु भयो ।

प्रतिक्रिया दिनुहोस