आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ठोरीस्थित सीता गुफा क्षेत्रमा सर्वसाधारणलाई प्रवेश निषेध

AuthorAP Khabar२०७७ श्रावण ४, आईतबार (३ साल अघि) ८०९ पाठक संख्या

श्रावण ०४ काठमाडौं : पर्साको ठोरीस्थित सीता गुफा क्षेत्रमा सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ ।शनिबार अपराह्न सीता गुफा नजिकै गरेको नेपाल–भारत सीमामा अवस्थित ४३६ नम्बरको सीमा स्तम्भ उखेलेर फालिएको अवस्थामा फेला परेको थियो । यद्यपी अहिले पुनः सोही स्थानमै सीमा स्तम्भ गाडिएको छ ।

दुवै देशका स्थानीय स्तरका सीमा सुरक्षा अधिकारी र ठोरी गाउँपालिकाका अध्यक्षको रोहबरमा शनिबार राति ९ बजे पहिलेकै स्थानमा पिलर गाडिएको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट ठोरीका प्रहरी निरीक्षक दीपक दाहालले बताए ।

नरकटियागंजस्थित भारतीय सीमा सुरक्षा बल एसएसबीका सेकेन्ड इन कमान्डेड अनिल सिंह नेतृत्वको टोली सीमा स्तम्भ उखेलिएको ठाउँमा आएको र पहिलेकै स्थान र डिरेक्सनमा पिलर गाडेर समस्या समाधान गर्ने प्रस्ताव राखेका थिए ।

सोही प्रस्ताव अनुसार प्रहरी निरीक्षक दाहालले जिल्लामा समन्वय गरेको गरेका थिए । जिल्लाबाट स्थानीय जनप्रतिनिधिलाई समेत राखेर विवाद समाधान हुने भने पहिलैकै स्थानमा पिलर गाड्न आफूले निर्देशन पाएको बताए । सोही अनुसार शनिबार राति ९ बजे नै यथास्थानमा पिलर गाड्ने काम भएको उनले बताए ।

सीता गुफा नजिकको सीमा स्तम्भ उखेलेर फालियो

प्रहरी निरीक्षक दाहालका अनुसार इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक अशोक साह, ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठ तथा भारतका तर्फबाट एसएसबीका सेकेन्ड इन कमाण्डेड सिंह र भिखना ठोरीस्थित एसएसबीका इन्सपेक्टर प्रमित जैसवालको रोहबरमा उखेलिएको पिलर यथास्थानमै गाडिएको हो ।

यता सीता गुफा अवलोकन गर्न आउनेको ठूलै भिड बढेका कारण केही दिनका लागि सो क्षेत्रमा जान रोक लगाइएको प्रहरी निरीक्षक दाहालले बताए ।

‘सीता गुफा क्षेत्रमा केही दिनका लागि सर्वसाधारणलाई जान रोक लगाइएको छ,’ दाहालले भने–‘पत्रकारलगायत माथिल्लो तहबाट अवलोकन र अध्ययन गर्न आउने टोलीलाई भने सशस्त्रकै सुरक्षा घेरामा सो ठाउँमा जाने व्यवस्था मिलाउँछौं ।’

प्रतिक्रिया दिनुहोस