आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाराको देवताल गाउँपालिकामा निषेधाज्ञा जारी

एपी खबर २०७७ श्रावण ५, सोमबार (३ साल अघि) ८९२ पाठक संख्या

श्रावण  : बाराको देवताल गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ । गाउँपालिकामा ठुलो संख्यामा कोरोना भाइरस संक्रमित भेटिएसँगै अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

 

गत असार ३० गते गाउँपालिकामा ७४ जनाको स्वाब संकलन गरेर कोरोना परिक्षण गर्दा ११ महिला र ३६ पुरुषमा गरी ४६ जनामा संक्रमण देखिएपछि निषेधाज्ञा जारी गरिएको बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी, रुद्रप्रसाद पण्डितले जानकारी दिए ।

 

निषेधाज्ञासँगै अत्यावश्यक खाद्यान्न, औषधी पसललगायतका बाहेक सबै पसल बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस