आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बर्षाले जिल्लाको जनजीवन प्रभावित, बाढीले सयौं घर डुवानमा, हजारौं विगाह धानबाली नष्ट

पुष्पराज खतिवडा, बारा २०७७ श्रावण ६, मंगलबार (३ साल अघि) ९११ पाठक संख्या

अविरल बर्षासँगै नदि, खोला, पैनीहरुमा आएको बाढी र बर्षाले जिल्लाको जनजीवन प्रभावित भएको छ । जिल्लाका मूख्य गरी पसाह, बालगंगा ,दुधौरा तथा लालबकैया खोलामा आएको बाढिले विभिन्न स्थानका सयौं घर तथा हजारौं विगाह धानमा क्षेती पुगेको स्थानियहरुले बताएका छन् ।

जितपुरसिमरा उपमहानगरपालिका १६ धर्मनगर नजिकैबाट बालगंगा खोलाको बाढी पस्दा सोही उपमहानगरको वडानं.१८ बडहर्वाका दर्जनौं घर डुवानमा परेका छन् । हजारौं विगाहमा लगाईएको धानबाली नष्ट भएको छ । बाढीको पानिले बडहर्वा चोकमा रहेको संझना होटल, आशा श्रेष्ठ, रंजित राउत कुर्मी, शेर बहादुर लामा, विनिल अधिकारी, शान्ती कुर्मीन, शान्ती थापा, सविना थापा, रितु ठकुरी लगायत दर्जनौं घर डुवानमा परेको छ । यस्तै वाढीले बडहर्वा खेल मैदान, मौवादेवी मन्दिर क्षेत्र समेत डुवानमा परेको छ ।

बालगंगा खोलामा आएको वाढीले सिमरा बडहर्वा सडक अवरुद्ध बनेको छ । यस्तै कलैया नगरपालिका २४ को सखुईमा किसानहरुको पाकेको चार विगाह धानबालिमा क्षेती पुरेको स्थानिय प्रेम यादवले बताए । बाढिको पानी गाउँमा पसेपछी डुवान सुरु भएको उनको भनाई छ ।

हाल सम्म कुनै किसिमको मानविय क्षेती नभएपनी अन्नबाली, खाधान्न, लत्ताकपडा बाढीले बगाउँदा समस्या भएको छ । जितपुरसिमरा १८ बडहर्वाकी शान्ती कुर्मीको फुसको घर डुब्दा अन्नपात, कपडा, भांडा बर्तन बाढीले बगाएको छ । उनी र उनको परिवार स्थानियको शरण रहेको कर्मीले बताईन् ।
बालगंगा खोला निर्माणाधिन पक्की पुलका क्रममा खोलामा आएको बाढीको वहाव अन्यत्र फैलिँदा बाडी बस्तीमा पस्ने जोखिम बढेको स्थानियको भनाई छ । तीनबर्षमा सक्के गरी ४बर्ष वित्नै लाग्दा समेत आश्रे निर्माण कम्पनीको ढिलासुस्ती र लापरवाहीले बालगंगा नदिको बाढी गाउँ पसेको बडहर्वाका स्थानिय भरत सुवालले बताए ।

यस्तै पसाहखोलमा आएको बाढीले कलैया उपमहानगरपालिका २१ को भोडाहा, १६ को सोनरनिया क्षेत्रमा लागाईएको सय विगाह बढी धानबालिमा समेत क्षेतीपुगेको २१का अध्यक्ष पुनदेव प्रसाद रौनियारले बताए ।

खोला पैनीमा आएको बाढी र बर्षाले जिल्लाका महानगढिमाई नगरपालिका,प्रसौनी गाउँपालिका, करैयामाई गाउँपालिका,कोल्हवी नगरपालिका , निजगढ नगरपालिका लगायतका स्थानमा पानीले सामान्य क्षेती पु¥याएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पंडितले बताए ।

प्रतिक्रिया दिनुहोस