आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरमा पारिवारिक वातावरण सहितको सुविधा सम्पन्न होटेल संचालनमा आउदैँ

एपी खबर २०७७ श्रावण ९, शुक्रबार (३ साल अघि) २४८१ पाठक संख्या

सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा ड्रिम ताज बिस्ट्रो एण्ड हस्लेरी नामक सुविधा सम्पन्न होटेल संचालनमा आउने भएको छ । जीतपुरमा सुविधा सम्पन्न होटेल नभएको हुदाँ त्यसको कमी पुरा गर्ने उद्धेश्य स्वरुप यो होटेल संचालनमा आउन लागेको हो ।

जीतपुरमा परिवार सहित होटेलमा बसेर खाना खानुका साथै समय बिताउने कुनै सुबिधा सम्पन्न होटेल नभएको र त्यसको अभाव सृजना हुन नदिन यो होटेल संचालनमा ल्याउन लागेको संचालक बिनोद गुप्ताले जानकारी दिनुभयो ।

उहाँले पारिवारीक बातावरणमा स्टार होटेल सरहको सुविधा दिने ब्यवस्था सहित यो होटेल संचालन गर्ने तैयारी गरीएको जानकारी दिनुभयो ।
संचालक गुप्ता आफ्नो जीवनको अधिकाशं समय बिदेशमा बिताएको र त्यहाँको अनुभवलाई जीतपुरमा सदुपयोग गर्ने तैयारी गर्नुभएको जानकारी दिनुभयो ।

करिब ६० लाख भन्दा बढिको लगानीमा निर्माण हुन लागेको यस होटेलले अन्य होटेलसंगको तुलनात्मक प्रतिशप्रधा भन्दा आफ्नो होस्पीटालीटिलाई बढि प्राथमिक्तामा राखेको सेवा दिने संचालक गुप्ताको भनाई छ ।

प्रतिक्रिया दिनुहोस