आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारा प्रहरीद्धारा २ नाल भरुवा बन्दुक सहित बाबुछोरा पक्राउ

प्रिती कुमारी, जीतपुर २०७७ भाद्र ६, शनिबार (३ साल अघि) ४०७ पाठक संख्या

बाराको निजगढबाट प्रहरीले २ नाल भरुवा बन्दुक, त्यसमा प्रयोग गरीने केहि समाग्री सहित बाबुछोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा निजगढ नगरपालिका वडा नम्बर– १ पिपलटारका ५७ वर्षका बाबु प्रेमबहादुर स्याङ्गतान र उनका छोरा ३३ वर्षका जनक स्याङ्गतान रहेका छन ।

 

इलाका प्रहरी कार्यालय निजगढका निरीक्षक विकास थपलियाको गस्ति टोलीले बारुद लोड भएको भरुवा बन्दुक २ थान र त्यसमा प्रयोग हुने बारुद समेत बोकेर हिडदै गरेको अवस्थामा बाबु्छोरालाई शुक्रवार राति १०ः५० बजे बारा र रौतहटको सिमानामा पर्ने धन्सार खोला बगरबाट नियन्त्रणमा लिइएको हो ।

 

उनीहरुको साथबाट भरुवा बन्दुक र त्यसमा प्रयोग हुने छर्रा ३५ थान, पmलामको ७ थान सानो टुक्रा र शिशाको बोतलमा राखिएको अन्दाजी २ सय ५० मिलिलिटर बारुदसमेत बरामद भएको निरीक्षक थपलियाले जानकारी दिनुभयो । उनीहरुलाई जिल्ला अदालत बारामा आइतबार पेस गरी थप अनुसन्धान गरिने प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस