आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटको चन्द्रपुरमा महिला हिँसाको बिरुद्धमा १ घण्टा शान्तिपूर्ण प्रदर्शन

एपी खबर २०७७ आश्विन २४, शनिबार (३ साल अघि) ३३० पाठक संख्या

रौतहट। नेपालमा बढिरहेको महिला हिँसा ,बलात्कार र एसिड आक्रमणबिरुद्ध रौतहटका युवाहरुले शान्तिपूर्ण बिरोध प्रदर्शन गरेका छन्।आज ( शनिबार ) बिहान ९ बजेदेखि १० बजेसम्म सयौं युवा-युवतीहरुले विभिन्न प्ले कार्ड बोकेर चन्द्रपुरमा शान्तिपूर्ण बिरोध जुलुस निकालेका थिए।

 

देशमा अत्याधिक रुपमा बढ्दै गइरहेको शृंखलाबद्ध बलात्कार र एसिड आक्रमण जस्तो जघन्य अपराधका घटनामा कडा भन्दा कडा (फाँसी ) कानुन बनाएर राज्यले  नारीको सुरक्षा गरोस भन्ने उद्देश्यले शान्तिपूर्ण बिरोध गरिएको युवाहरुले बताए । देशमा दिनदिनै महिला हत्या ,हिँसा बढ्दै गएको तर यसप्रति सरकार मौन बसेको भन्दै युवाहरुले आक्रोस समेत पोखेका थिए।सामाजिक दुरी कायम गरि स्वास्थ्य मापदण्ड अपनाएर युवा युवतीले किन मौन छौ सरकार ?दिनदिनै बढ्दैछ बलात्कार ,हे सरकार देखाऊ इच्छा ,खै त देशमा नारीको सुरक्षा ,राष्ट्रपति करोडको गाडीमा बलात्कृतको लास सँधै झाडीमा लेखिएको विभिन्न प्ले कार्ड बोकेर चन्द्रपुरको पुरानो ट्राफिक प्रहरी कार्यालय देखि दुर्गा मन्दिरसम्म र तिनकुने देखि नेपाल राष्ट्रिय बाणिज्य बैंक सम्म जुलस निकालेका थिए ।

महिला हिँसा ,बलात्कार र एसिड आक्रमण जस्ता कार्य बन्द होस् ,महिला सुरक्षामा सरकारको ध्यान जाओस भन्नेमा उनीहरुले माग गरेका छन्।

 

आज बेलुका बलात्कार गरेर मारिएकाको आत्माको चिर शान्तिको कामना गर्दै चन्द्रपुरको तीनकुनेमा बेलुका ६ बजे दिप प्रज्ज्वलन कार्यक्रम राखिएको स्थानिय युवा रिजन अधिकारीले जानकारी दिनु भयो।

प्रतिक्रिया दिनुहोस