आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जनप्रतिनिधिहरु सँग वैदेशिक रोजगारी सम्बन्धि छलफल कार्यक्रम सर्लाहीको चन्द्रनगर गाउँपालिकामा सम्पन्न

एपी खबर २०७७ आश्विन २४, शनिबार (३ साल अघि) ५३६ पाठक संख्या

सर्लाही। सर्लाहीको चन्द्रनगर गाउँपालिकामा जनप्रतिनिधिहरु सँग वैदेशिक रोजगारी सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ ।नेपाल सरकारको श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयको नीतिगतपहल तथा सामी हेल्भेटासको प्राविधिक सहयोग र वागमती सेवा समाज नेपाल हरिवनद्वारा संचालित सुरक्षित आप्रवासन (सामी) परियोजना अन्र्तगत संचालित कार्यक्रममा वैदेशिक रोजगराी सम्बन्धि विभिन्न विष्यमा छलफल गरिएको आयाोजक संस्थाले जनाएको छ ।

 

कार्यक्रम गाँउपालिकाका अध्यक्ष महेन्द्र महतोको अध्यक्षतामा गरिएको थियो । कार्यक्रममा सुरक्षितआप्रवासन (सामी) परियोजनाको वारेमा र वागमती सेवा समाज नेपालसित सम्झौताभएको मिति २०७६ माघ १३ गते देखीहाल सम्मप्राप्त गरेको उपलव्धिहरुको वारेमा संस्थाकाकार्यक्रम संयोजक देविकाकार्कीले प्रस्तुतगर्नु भयो भने सहजीकरण सामी हेल्भेटासका प्रदेश संयोजक विजय ठाकुरले गर्नु भएको थियो ।

 

साथै वैदेशिक रोजगारी सम्वन्धि स्थानिय सरकारको ऐन, निर्देशिका र स्थानियतहको भुमिकाको वारेमा गाँउपालिकाका प्रमुखप्रशासकियअधिकृत अशोक साहले जानकारी प्रदान गर्नु भएको थियो ।गाँउपालिका वडा अध्यक्षहरु तथा अध्यक्ष महेन्द्र महतोले यस परियोजनाले वैदेशिक रोजगारीको क्षेत्रमा गरेको काम सराहनिय रहेको भनि प्रशंसा समेत गरेका थिए ।

 

कार्यक्रममा वडा अध्यक्ष लगायत वडा सदस्य, प्रमुखप्रशासकिय अधिकृत,सामी हेल्भेटासका प्रदेश संयोजक विजय ठाकुर तथा पत्रकारहरु लगायत करिव ३० जनाको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस