आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बलात्कार तथा एसिड आक्रमण घटनामा संलग्न व्यक्तिलाई कडा कारवाहीको माग गर्दै सर्लाहीमा बिरोध प्रदर्शन

एपी खबर २०७७ आश्विन २४, शनिबार (३ साल अघि) ६९१ पाठक संख्या

सर्लाही । बलात्कार तथा एसिड आक्रमण घटनामा संलग्न व्यक्तिलाई कडा कारवाहीको माग गर्दै सर्लाहीमा बिरोध प्रदर्शन गरिएको छ । देशमा अत्यधिक रूपमा बढ्दै गैरहेको श्रिँखलाबद्ध बलात्कार र एसिड आक्रमण जस्तो जघन्य अपराधका घटनामा संलग्नलाई कडा भन्दा कडा (फाँसी)कानुन बनाएर राज्यले नारीको सुरक्षा गरोस् भन्ने दबाब दिने उद्देश्यले आज सर्लाहीसहित देशभर शान्तिपुर्ण बिरोध प्रदर्शन गरिएको छ ।

 

बिहान ९ बजेदेखि १० बजेसम्म एक घण्टा विरोध प्रदर्शन गरिएको हो । सर्लाहीमा लालबन्दी, नवलपुर, हरिपुर, हरिवन लगायतका स्थानमा युवा युवतीहरू बलात्कार तथा एसिड आक्रमणको घटनामा संलग्नहरूलाई कडा कानुनी कारवाहीको माग गर्दै पर्चा, पप्लेट बोकेर सडकमा निस्किएका थिए ।

प्रदर्शनमा जो बोल्दैन उ बलात्कारी, जो सुन्दैन उ बलात्कारी, तिमी बलात्कारी, मौन बसेको सरकार किन बढ्दै छ बलात्कार, छोटो लुगाले होइन छोटो सोचले हुन्छ बलात्कार जस्ता नारा लेखिएको प्ले कार्ड सहित् बिभिन्न दलका जनप्रतिनिधीहरू, विद्यार्थी,ब्यबसायिहरू महिला अधिकारकर्मिहरूको उपस्थिती रहेको थियो ।

 

प्रदर्शन कार्यक्रम समापनछी प्रयोग भएका प्ले कार्ड पर्चा पम्प्लेट पानीका बोतल लगायतका फोहोरह? प्रदर्शनकारी आँफैले ब्यबस्थापन गरेका छन ।

प्रतिक्रिया दिनुहोस