आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सिमरा पोखरा हवाई उडान सुरु, जम्बो टोलीका साथमा गण्डकि प्रदेशका पर्यटन मन्त्रि सिमरामा

सुप्रिया ढकाल २०७८ भाद्र १६, बुधबार (२ साल अघि) ४८१ पाठक संख्या

बारा । घना आबादि भएको प्रदेश नम्बर २ संग सिधै हवाई उडानमार्फत जोडिन पाउदा खुसी लागेको गण्डकि प्रदेशका पर्यटन मन्त्रि मणिभद्र शर्माले बताउनुभएको छ । ‘दीगो पर्यटनका लागि हवाइ कनेक्टिभिटी’ भन्ने मूल नाराका साथ आजदेखी सिमरा पोखरा उडान सुरु भएको छ ।

बुद्ध एयरको बिमान मार्फत आज दिउसो १ बजे गण्डकि प्रदेशका पर्यटन मन्त्रि मणिभद्र शर्मासहितको जम्बो टोली सिमरा आउनुभएको थियो । आन्तरिक पर्यटन प्रवद्र्धनका लागी अति महत्वपूर्ण मानिएको यस हवाई कनेक्टिभिटिले प्रदेश नम्बर २ र गण्डकि प्रदेशको पर्यटन बिकाशमा मद्दत पुग्ने मन्त्रि शर्माले बताउनुभयो ।

सिमरा बिमानस्थलको बिशिष्ट कक्षमा सञ्चारकर्मीसंग कुराकानी गर्दै शर्माले काठमाण्डौ हुदै सिमरा वा पोखरा जानुपर्ने बाध्यता अब हटेकाले पर्यटक तथा शर्वसाधारण जनताका लागी आवातजावतमा सहज हुने दाबी गर्नुभयो ।

 

सातामा २ दिन आईतबार र बुधबार दिउसो १ः१५ बजे उडान भर्ने तालिका रहेपनि यात्रुको मागका आधारमा यो संख्या बढाउन वा घटउन सकिने बुद्ध एयरले जनाएको छ । प्रदेश २ मा अत्याधिक जनघनत्व भएकाले उडानले निरन्तरता पाउने मन्त्रि शर्माले विश्वास ब्यक्त गर्नुभयो । मन्त्रि शर्मा सहितको टोलीलाई स्वागत गर्न विमानस्थल पुग्नुभएका प्रदेश नम्बर २ का उद्योग तथा पर्यटन मन्त्रि रामनरेश रायले पर्यटनको प्रचुर सम्भावना बोकेको प्रदेश नम्बर २ लाई अब अन्य प्रदेशसंग पनि जोड्दै जाने बताउनुभयो ।

 

पहिलो पोखरा सिमरा हवाई उडानमार्फत सिमरा आईपुग्नुभएको जम्बो टोलीको स्वागतमा मन्त्रि रायसंगै जितपुरसिमरा उपमहानगरपालीकाका मेयर डा.कृष्ण पौडेल, संविधान सभा सदस्य शोभाकर पराजुली, नेपाल टुर्स एण्ड ट्राभल्स प्रदेश २ (नाटा)का अध्यक्ष एवं पर्यटन अभियन्ता मोहनशर्मा लामिछाने, सिमरा जेसिजका अध्यक्ष शालिकराम अधिकारी, सिमरा टुर्स एण्ड ट्राभल्सका सञ्चालक एवं समाजसेवी रामचन्द्र लामा, जितपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जय साह लगाएत होटल ब्यवसायी, पर्यटन ब्यवसायी, उद्योगीहरुको उपस्थिती रहेको थियो ।

पर्यटन र आर्थिक विकासको सम्भावना का सम्बन्धमा आन्तरीक तथा बाह्य पर्यटक ( भारतीय एवं तेस्रो मुलुकको पर्यटक समेत) का लागी प्रदेश २ को पर्सा राष्ट्रिय निकुञ्ज, एसियाकै धेरै बली चढ्ने चर्चित मन्दिर गढीमाई, ऐतिहासिक क्षेत्र सिम्रौनगढ, नेपालका चार धाममध्येको एक धाम जनकपुरधाम अर्थात् जानकी मन्दिर र सखडा भगवतीको मन्दिर राम्रो गन्तब्य हुन सक्ने भन्दै पोखराबाट आएको टोलीलाई निकुञ्ज, महागढिमाई मन्दिर लगाएतका ठाउँ भ्रमण गराईएको छ ।

प्रतिक्रिया दिनुहोस