आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सडक नै हो गरुडा नगरपालीकाको डम्पिङ साईड

सुप्रिया ढकाल २०७८ आश्विन ३, आईतबार (२ साल अघि) ३१६ पाठक संख्या

रौतहट । आफ्नो क्षेत्रभित्रको फोहोर ब्यवस्थापनको जिम्मा स्थानिय तहको हुन्छ । आफ्नो नगरलाई सफा, स्वस्थ र सुन्दर बनाउनका लागी स्थानिय तहले डम्पिङ साईड निश्चित गरी फोहोर संकलन तथा ब्यवस्थापन गर्नुपर्ने हुन्छ ।

 

त्यसको लागी जनताबाटै प्रती घरधुरीका दरले कर समेत संकलन गर्न सकिन्छ । तर रौतहटको गरुडा नगरपालीकाले जनता र नगरलाई सजिलो बनाउदै राजमार्ग तथा भित्रि सडकहरुलाई नै डम्पिङ साईड बनाईदिएको छ । गाउँगाउँबाट फोहोर उठाउने अनि सडक छेउमा थुपारेर आगो लगाउन नगरपालीकालाई निकै सहज भएको छ । अन्य थुप्रै स्थानिय तहहरुलाई पनि डम्पिङ साईडका लागी उचित स्थान तय गर्न समस्या भैरहेको बेलामा गरुडा नगरपालीकाले सडक किनाराकै उचित सदुपयोग गरेको छ ।

यद्धपी यसबाट जनताको स्वास्थ्यमा नकारात्मक प्रभाव परिरहेको छ, त्यो फरक पाटो हो । “नगरपालीकाकै गाडीले सडक किनारमा फोहोर थुपारेर जान्छ, अनि कर्मचारी आएर आगो लगाईदिन्छन् ।” सोहि बाटो भएर ओहोरदोहोर गर्ने रामानुजले भने, “२४ सै घण्टा ब्यस्त हुने सडकमा फोहोर फाल्ने र कुहिने, नकुहिने सबै फोहोरलाई एकै ठाउँमा आगो लगाउदा स्वासप्रश्वासमै समस्या हुन लागेको छ ।”

 

यता उपमेयर रंगीलादेवी यादव भन्नुहुन्छ, “आफुले बारम्बार उचित डम्पिङ साईडको ब्यवस्था गर्न पहल गरेपनि मेयर ज्युले नै चासो दिनुहुन्न ।” यता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुस्ताक आलमले परिषद् हुन नसकेकाले डम्पिङ साइटका लागि बजेट विनियोजन हुन नसकेको बताउनुभयो ।

 

असार १० गतेभित्र परिषद् गर्नुपर्नेमा जनप्रतिनिधिबीचको विवादका कारण गरुडामा अहिलेसम्म भएको छैन । सडकको आडैमा फोहोर फालेको भनेर जनप्रतिनिधि र स्थानीयले डम्पिङ साइट बनाउन माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस