आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सिमा जोडिएका पर्साका ६ स्थानमा बिओपी भवन उद्धघाटन

एपी खबर २०७८ आश्विन ४, सोमबार (२ साल अघि) ३७४ पाठक संख्या

वीरगञ्ज – भारतको बिहार राज्यसित सिमाना जोडिएको पर्साको विभिन्न ६ स्थानमा सोमबार बोर्डर आउट पोस्ट (बीओपी) भवन उद्घाटन गरिएको छ।

बीओपी भवनको सोमबार एक कार्यक्रमबीच छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायब निरीक्षक प्रकाशचन्द्र गौतमले उद्घाटन गरेका हुन्।

पर्साको ठोरी गाउँपालिका–२ भन्सार, ३ ब्रहम नगर,५ सुवर्णपुरमा छिपहरमाई गाउँपालिकाको भिस्वा बन्जारी, पकहा मैनपुर अमरपटीमा सशस्त्र प्रहरी बीओपीको नवनिर्मित भवन उद्घाटन गरिएको हो।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी प्रदेश २ का प्रमुखसमेत रहेका गौतमले शान्ति सुरक्षाको उचित प्रबन्ध नभएका विकाससमेत नहुने बताए।

अन्य प्रदेशको तुलनामा प्रदेश २ का सशस्त्र प्रहरीले उत्कृष्ट काम गरेको उनको दाबी थियो। खुला सीमा भएकाले जस्तोसुकै गतिविधि हुने भएको हुँदा गैरकानुनी गतिविधिलाई सशस्त्र प्रहरीले क्षमा नदिने गौतमको भनाइ थियो।

सशस्त्र प्रहरीले जनतालाई दुःख दिने काम गरे आफूलाई जानकारी दिए कारबाही गर्न तयार रहेको उनको आश्वासन थियो।

 

 

 

 

 

देशसञ्चारबाट साभार गरीएको ।

प्रतिक्रिया दिनुहोस