आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रुपान्तरण युवा क्लबको पाचौं बार्षिक साधारणसभा सम्पन्न

सुप्रिया ढकाल २०७८ आश्विन ९, शनिबार (२ साल अघि) ३७० पाठक संख्या

बारा । बाराको सिमरामा रूपान्तरण युवा क्लबको पाचौ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

 

क्लबको सभाहलमा आयोजित साधारण सभा क्लवका अध्यक्ष मधुसुदन कँडेलको अध्यक्षता तथा क्लबका जेष्ठ सदस्य बोधनाथ सुवेदिको प्रमुख आतित्यथामा सम्पन्न भएको हो । सभाले क्लबका सचिव लक्ष्मण अधिकारीले पेस गर्नु भएको संस्थागत प्रतिबेदन तथा कोषाध्यक्ष भरत पौडेलले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

 

कार्यक्रममा जितपुरसिमरा उपमहारकि कार्यपालिका सदस्य शोभा कार्की, सिमरा कलेजका प्रमुख शालिकराम अधिकारी, समाजसेवी शिव शर्मा लगायतको उपस्थिति रहेको थियो । क्लबका सचिव लक्ष्मण अधिकारीले सहजिकरण गर्नुभएको कार्यक्रममा सदस्य रामकुमार अर्यालले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस