आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटका सिमा नाका औपचारीक रुपमै खुल्ने, निश्चित मापदण्ड पालना गर्न निर्देशन

सुप्रिया ढकाल २०७८ आश्विन ११, सोमबार (२ साल अघि) ३५० पाठक संख्या

रौतहट । रौतहटका सिमा नाकाहरुबाट नेपाल–भारत आवतजावत गर्न पाईने भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले आज एक सुचना जारी गर्दै निश्चित मापदण्ड पालना गरेर सिमा नाका खुल्ला गर्न निर्देशन दिएको हो । यससंगै अब सम्बन्धित स्थानिय तहहरुले नाका क्षेत्रमा हेल्थ डेस्क राखेर भारतिय नागरीकलाई नेपाल प्रवेशमा खुल्ला गर्नेछ ।

 

 

रौतहटको सिमा नाकाहरु गौर भन्सार कार्यालय , राजदेवी नगरपालिकाको ब्रम्हपुरी र लक्ष्मिपुर ,ईशनाथ नगरपालिकाको मनमोहन गेट , लतमरी , मौलिया र बन्जरा , परोहा नगरपालिकाको घिउरा , खाप र जयनगर तथा बौधीमाईको नरकटिया र छोटी भन्सार बंकुलमा हेल्थ डेस्क राख्नुपर्नेछ । भारतीय नागरिकहरुलाई नेपाल प्रबेश गर्नका लागी ७२ घण्टाभित्रको कोरोना परिक्षण नेगेटिभ हुनु पर्ने जनाइएको छ । बिदेशबाट आएकाहरुका लागी अनलाइन फारम भरि सोको प्रतिलिपि लिएर आए मात्र नेपाल प्रबेश गर्न दिइने जनाइएको छ ।कोरोनासँग मिल्दाजुल्दा लक्षण देखा परेका ब्यक्तिहरुलको पिसिआर परिक्षण गराउदा नेगेटिभ रिपोर्ट आएमा मात्र नेपाल प्रबेश गर्न पाउने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

कोरोना माहामारी नियन्त्रणका लागी नाका बन्द गरीएको भएतापनि लुकिछिपी नेपाल भारत आवतजावत तथा सामानहरु ओसारपोसार हुदै आएको थियो । सिमा नाकाहरुबाट बन्दको समयमा समेत खेलेआम आवतजावत भइरहेकाले विभिन्न मापदण्ड पुरा गरेर मात्र नेपाल प्रबेश गर्न पाउने भनि गरीएको ब्यबस्था अर्थहिन भएको स्थानियले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस