आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाढिपिडित धान उत्पादन किसानलाई फेरी जंगली हात्तीको प्रकोप

सुप्रिया ढकाल २०७८ कार्तिक ७, आईतबार (२ साल अघि) २९८ पाठक संख्या

रौतहट । अत्याधिक बर्षातका कारण प्रताडित किसानलाई जंगली हात्तीले पिडा थपीदिएको छ ।

 

रौतहटको दक्षिणी क्षेत्रमा जंगली हात्तीले धानबाली नष्ट गरीरहदा किसानहरु दोहोरो मर्कामा परेका हुन् । अधिकांश क्षेत्रमा धानबाली अत्याधिक बर्षातका कारण डुबेको छ भने बचेका धान समेत हात्तीले नष्ट पारीरहेको किसानहरुले गुनासो गरेका छन्् ।

 

जंगलबाट रातीको समयमा आउने हात्तीको समुहले रौतहटको चन्द्रपुर नगरपालिका वडानम्बर ८ को मोतिपुर, मरधर र वडानम्बरको ९ स्थित मरिनटोलका किसानको खेतमा उत्पादन हुन लागेको धान बाली नष्ट गरेको हो ।

 

ति हात्तीहरु दिउसोमा नदेखीने स्थानिय किसान हिरालालले बताउनुभयो । गत केहिदिन देखी आईरहेको हात्तीले किसानहरुको झण्डै २ बिगाहा खेतको धान खाएर तथा माडेर नष्ट गरीएको हो ।

प्रतिक्रिया दिनुहोस