आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमरा उपमहानगरपािलकामा बैंकर्स क्लब गठन

प्रिती कुमारी, जीतपुर २०७९ श्रावण १२, बिहिबार (१ साल अघि) ७४८ पाठक संख्या

जीतपुरसिमरा उपमहानगरपािलकामा बैंकर्स क्लब गठन भएको छ । जीतपुरसिमराका बैंक तथा बित्तीय संस्थाहरुले बैंकर्स क्लब गठन गरेका छन् ।

 

साउन १२ गते जीतपुरसिमरा उपमहानगरपालिका भित्रका बैंक तथा बित्तीय संस्थाहरुले आपसी समन्वय र सहकार्य गरेर पहिलो पटक जितपुरसिमरा बैंकर्स क्लब गठन गरिएको क्लबका कोषाअध्यक्ष युवराज राईले जानकारी दिनुभयो ।

 

बैंकर्स क्लबको अध्यक्षमा सिद्धार्थ बैंकका कृष्ण प्रसाद गौतम सर्वसम्मत रुपमा चयन हुनुभएको छ भने उपाध्यक्षमा लक्ष्मी बैंकका सुमन दत्त, सचीवमा महालक्ष्मी बिकास बैंकका पुरुषोत्तम अधिकारी, कोषाध्यक्षमा गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाईनान्सका युवराज राई , सहसचिवमा माछापुच्छ्र्रे बैंकका रोशन न्यौपाने रहनुभएको छ ।

 

जीतपुरसिमरा उपमहानगरपालिका भित्रका सम्पुर्ण बैंक तथा बित्तिय संस्थाहरूको आपसी समन्वय र सहकार्यका निमित्त गठन गरिएको बैंकर्स क्लबले जीतपुरसिमरा भित्रका बैंक तथा बित्तिय संस्थाको हकहितको लागि काम गर्ने क्लबका अध्यक्ष कृष्ण प्रसाद गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस