आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ब्रहमकुमारी राजयोग उप सेवा केन्द्र जीतपुरद्धारा प्रकाशमणी दादीको स्मृति कार्यक्रम सम्पन्न

प्रिती कुमारी, जीतपुर २०७९ भाद्र ९, बिहिबार (१ साल अघि) ५३९ पाठक संख्या

ब्रहमकुमारी राजयोग उप सेवा केन्द्र जीतपुरले प्रकाशमणी दादीको स्मृतिमा श्रधांजली अर्पण कार्यक्रमको आयोजना गरेको छ । ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयकी पुर्व प्रमुख प्रशासिका राजयोगिनी दादी प्रकाशमणि जू को १५ औं पुण्य स्मृति दिवसको असरमा यस केन्द्रले श्रधांजली अर्पण कार्यक्रमको आयोजना गरेको हो ।

 

कार्यक्रममा बोल्दै ब्रहमकुमारी राजयोग उप सेवा केन्द्र जीतपुरका संचालिका ब्रहमकुमारी रेनु दिदिले दादीले आफ्ना अनुयायीहरुका लागि गर्नुभएको त्यागको बारेमा जानकारी गराउनुभएको थियो ।

 


उहाँले ब्रहमकुमारी र ब्रहमकमारहरुको प्ररणका श्रोत दादीको सम्पुर्ण जीवन मानव कल्याणमा बितेको बताउँदै आफ्नो उहाँले देखाउनुभएको मार्गमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।

 

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ता र प्रेस चौतारी नेपाल मधेश प्रदेशका प्रदेश उपाध्यक्ष अनिल तिवारीले मनतब्य राख्नुभएको थियो ।

 

ब्रहमकुमारी रेनु दिदिको सभाअध्यक्षतामा सम्पन्न यस कार्यक्रममा स्थानिय समाजसेवि राजेश्वर गिरी, अनिल गुप्ता, कपीलदेव यादव, आफताब आलम लगाएतको सहभागीता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस