आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सिमरा महिला वचत तथा ऋण सहकारी संस्थाको शनिवार १५ औँ साधारण सभा सम्पन्न

प्रिती कुमारी, जीतपुर २०७९ भाद्र १८, शनिबार (१ साल अघि) ३९८ पाठक संख्या

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले महिला सचेतनाका कार्यक्रमलाई बैज्ञानिक दृष्टिकोण बनाउनु पर्ने बताउनुभएको छ । खास गरी ऋषिपञ्चमी पर्वमा राजस्वाला भएका महिलाहरुको बारेमा भनिएका कुरामा बिचार, विमर्श र बहस गर्न आवश्यक रहेको उहाँले बताउनुभएको हो ।

 

सिमरा महिला वचत तथा ऋण सहकारी संस्थाको शनिवार १५ औँ साधारण सभालाई सम्बोधन गर्दै उहाँले धार्मिक कुरा गर्दा विवादित हुने भन्दै अब बैज्ञानिक दृष्टिकोण बनाउनुपर्ने कुरामा जोड दिनुभयो ।

 

यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दे जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला अधिकारीले सिमरा महिला वचत तथा ऋण सहकारीले महिलाको जीवन स्तरमा ल्याएको आर्थिक परिर्वनतको मुक्तकण्डले प्रशन्सा गर्नुभयो ।

 

उहाँले सिमरा महिला वचत तथा ऋण सहकारी पुर्ण सहकारीको सिद्धान्तमा संचालनमा रहेकोले यस सहकारीलाई नगरबाट सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । खास गरी महिला पुर्नस्थापना केन्द्र निर्माण कार्य सम्पन्न भएपनि संचालन गर्न केहि आर्थिक र कानुनी जटिलता रहेको जीकिर गर्दै उहाँले पालिकाले यस नेक कार्यलाई पुरा गर्न थप योजना बनाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

 

कार्यक्रमका विशिष्ठ अतिथी समेत रहनुभएका नगर उपप्रमुख अधिकारीले आर्थिक र समाजीक रुपमा पछाडि परेका महिलाहरुलाई आत्मनिरभर बनाउन यस सहकारीले खेलेको भुमिप्रती मुक्तकण्डले प्रशान्सा गर्नुभयो ।

 

सिमरा महिला वचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष अनिता लम्साल अधिकारीले संस्थाको कुल चुक्ता पूँजी १ करोड ३१ लख ६५ हजार ४ सय, निक्षेप ८ करोड ८ लाख ८० हजार ३सय ९४ , कर्जा प्रवाह ९ करोड ५१ लाख, २८ हजार, ४ सय ३९, जगेडा कोषमा १ करोड, १ लाख १ हजार १सय ५१ रुपियाँ र खुद मुनाफा ६३ लाख ६२ हजार २सय ४७ रुपियाँ रहेको जानकारी गराउनुभएको थियो ।

 

सहकारीले यस संस्थामा आवद्ध उत्कृष्ट व्यवसायी पुरस्कारबाट चौतारी समूहकी किरण राय र सिर्जनशील समूहकी धनमती थरुनीलाई पुरस्कृत गरिएको थियो । त्यसैगरी उत्कृष्ट कर्जा तर्फ ओम शानित समूहकी ज्योति श्रेष्ठ र दक्षिणकाली समूहकी भीमकुमारी उपाध्यायलाई पुरस्कृत गरिएको थियो ।

 

यसैगर िसहकारीले आफ्नो १५ औँ वार्षिक साधारणसभाको अवसर पारेर स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरु जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, उपप्रमुख भोला अधिकारी, वडा नं १, २, ३, ४, ९ र १४ का वडाध्यक्ष तथा सदस्यहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

 

यस्तै उत्कृष्ट वचततर्फ सुनौलो समूहकी बबितादेवी राय र हिमगंगा समूहकी मन्दिरा देवी ढुंगेललाई पुरस्कृत गरिएको थियो । यस्तै उत्कृष्ट कर्मचारीका रुपमा निर्मला सुवेदीलाई सम्मान गरिएको थियो । यसरी नै उत्कृष्ट समूह सम्मानबाट छिमेकी वचत समूह र महिला कल्याण बचत समूह सम्मानित भएका थिए ।

 

संस्थाका अध्यक्ष अनिता लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जील्ला सहकारी सँघका अध्यक्ष सतेन्द्र ठाकुर, प्रेस चौतारी नेपाल मधेश प्रदेशका प्रदेश उपाध्यक्ष अनिल तिवारी, सञ्चारकर्मी विदुर खड्का लगायतको उपस्थीती रहेको थियो ।

कार्यक्रममा वागत मन्तव्य मुना खरेल, धन्यवाद ज्ञापन संस्थाका सदस्य सनम पौडेलले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सचिव भिमादेवी पौडेलले गर्नुभएको थियो ।

 

सिमरा महिला पत्रकारिता पुरस्कार

साकोसले यस वर्षको सिमरा महिला पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी सीता अधिकारीलाई सम्मान गरेको छ । सयपत्री अनलाइन र रेडियो सिमरामा आवद्ध सञ्चारकर्मी अधिकारीलाई सहकारीका क्षेत्रमा कलम चलाइ समुदायलाई सुसूचित गर्न योगदान दिएको भन्दै सहकारीले ५ हजार १ सय नगद पुरस्कारसहित सम्मान पत्रले सम्मानित गरेको हो ।

प्रतिक्रिया दिनुहोस