आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चार जना फरार प्रतिवादी रौतहटबाट पक्राउ

एपी खबर २०७९ आश्विन ५, बुधबार (१ साल अघि) २९४ पाठक संख्या

रौतहट । छुट्टाछुट्टै मुद्दामा फरार भएका ४ जना प्रतिवादी रौतहटबाट पक्राउ परेका छन् । जिल्ला अदालतबाट सजाय पाएर फरार रहेको ४ जना आरोपीलाई एकै दिन हिरासतमा लिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुबाट खटिएको टोलीले मंगलबार चारै जनालाई नियन्त्रणमा लिएको छ ।

 

पक्राउ पर्नेमा २०७२ भदौ १० गते जिल्ला अदालतबाट फैसला भइ सजाय पाएर फरार रहेका चन्द्रपुर नगरपालिका ५ का लखिन्दर ठाकुर हजाम, २०७३ फागुन १ गते सजाय पाएकापनि फरार भएका चन्द्रपुर नगरपालिका ५ का शिव विश्वकर्मा, २०७७ माघ २६ मा फैसला भइ सजाय पाएर फरार रहेका चन्द्रपुर ५ कै खजान्ती साह कानु र ज्यान मार्ने उद्योग मुद्दा फरार रहेको चन्द्रपुर ७ का समरुल मियाँ दर्जी रहेको प्रहरीले जनाएको छ ।

 

पक्राउ परेका चारै जनामाथि यसबारे अनुसनधान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस