आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

घाइते संचारकर्मी मण्डललाई सहयोग जुटदै

एपी खबर २०७९ आश्विन ५, बुधबार (१ साल अघि) २६२ पाठक संख्या

रौतहट । दुर्घटनामा परेर उपचारका क्रममा रहेका रौतहटका एक संचारकर्मीलाई गौर नगरपालिकाका पूर्व नगरप्रमुख अजय गुप्ताले ५१ हजार रुपैंया सहयोग प्रदान गरेका छन ।

दुर्गाभगवित गाँउपालिका निवासी संचारकर्मी रबिन्द्र मण्डल माधवनारायण नगरपालिकाका लागी भारतीय दुतावासको सहयोगमा आएको एम्बुलेन्स बुझेर काठमाण्डौ बाट गौर आउने क्रममा २०७६ सालमा बस दुर्घटनामा परेका थिए ।

काठमाण्डौबाट गौरका लागी छुटेको माँ कल्याणी रात्रि बस दुर्घटना हुदा घाइते भएका मण्डल विगत चार वर्ष देखि उपचारकै क्रममा रहेका छन । नेपाल र भारतका विभिन्न स्थानमा उपचार गराए पनि उनको स्वास्थ्यमा सुधार हुन सकेको छैन । आर्थिक अभावका कारण पारिवारिक अवश्था कमजोर बन्दै जादा उनको उपचार प्रभावित भएको हो ।

बसका सँचालकले समेत घाइते मण्डलको उपचारको लागी खासै चासो दिएका छैनन । हाल गौर अस्पतालमा उपचारका क्रममा रहेका उनलाई माधवनारायण नगरपालिकाले १ लाख, नेकपा एमालेका नेता तथा पूर्व मन्त्री प्रभु साहले ५१ हजार, पत्रकार महासंघ रौतहटको संयोजनमा नगरप्रमुख शम्भू साहले ५१ हजार, निर्माण व्यवसायी संघका कोषाअध्यक्ष विक्रान्त विक्रम नेपालले ५१ हजार सहयोग गरेका छन ।

संचारकर्मी मण्डल नेपाल पत्रकार महासंघको दोश्रो जिल्ला अधिवेशनबाट सचिव पदमा निर्वाचित भएका थिए । उनी लामो समय गौरमा संचालनमा रहेको राजदेवि एफ एमको समाचार सम्पादकको जिम्मेवारीमा समेत रहेका थिए ।

पत्रकार महासंघको ११ औं साधारण सभाका समयमा पनि दुर्गाभगवती गाँउपालिकाका तत्कालीन अध्यक्ष अरुण साहले घाइते मण्डललाई ५१ हजार नगद सहयोग गरेका थिए ।

हाल उनको उपचारका लागी स्वत स्र्फूत रुपमा जिल्लाका विभिन्न दाताहरुले सहयोग जारी राखेका छन ।

प्रतिक्रिया दिनुहोस